राजनीति

किसान महासंघ सप्तरीले प्रजिअ मार्फत प्रधानमन्त्रीलाई हस्ताक्षर पठायो

राजविराज , साउन ३२ गते । नेकपा (एमाले) को भातृ संगठन अखिल नेपाल किसान महासंघ सप्तरीले भुमि सम्बन्धि समस्या समाधान आयोग पुनबहालीको माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री कार्यालयलाई हस्ताक्षर संकलन गरि पठाइएको छ।
महासंघको केन्द्रिय सदस्य तथा जिल्ला कमिटी संयोजक राजाराम यादवको नेतृत्वमा आज एमाले पार्टी कार्यालय मदननगरबाट निकालेको र्याली सहित जिल्ला प्रशासन कार्यालय राजविराजमा पुगेर प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई हस्ताक्षर हस्तान्तरण गरेको हो।

प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबार पठाएको ज्ञापनपत्र र हस्ताक्षर पठाउने क्रममा महासंघको केन्द्रिय सदस्य धन्जय यादवले पढेर सुनाउँदै संयोजकको हातबाट प्रजिअ आचार्यलाई हस्तान्तरण गरेका छन ।
यहीँ श्रावण १९ गते प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले वर्षौंदेखि अन्यायमा परेका भुमिहिन दलित,भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न अघिल्लो सरकारले गठन गरेको भुमि सम्बन्धि समस्या समाधान आयोगलाई खारेज गरेको थियो । जसका कारण आयोगको ७७ वटै जिल्लामा रहेको संरचना समेत विघटन भएको छ।

प्रजिअ आचार्यलाई हस्ताक्षर हस्तान्तरण कार्यक्रममा महासंघको केन्द्रिय सदस्यहरु धन्जय यादव, मो बसिर, सबु खातुन सहितका केन्द्रिय नेताहरू लगायत स्थानीय कमिटीका सयौं नेताकार्यकर्ताहरुको सहभागीता रहेको थियो।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page