समाचार

नेपाल खेलकुद महासंघ सप्तरीको प्रथम अधिवेशन सम्पन्न

राजविराज । नेपाल खेलकुद महासंघ सप्तरीको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ।
दिपेश भुजेलको अध्यक्षतामा कञ्चनरुप नगरपालिका रुपनगर स्थित फुलवारी पार्टी प्यालेसमा सोमबार अधिवेशन सम्पन्न भएको हो।
सुनिलराज दासको नेतृत्वमा महासंघको सप्तरी जिल्ला कमिटी घोषणा भएको छ। यसैगरी सुजन भट्टराईलाई सचीव सहित ९९ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको छ।

राष्ट्रियसभा संसदीय दलको नेता तथा नेकपा एमालेको केन्द्रिय सदस्य सुमनराज प्याकुरेलको प्रमुख आतिथ्य र महासंघको केन्द्रिय अध्यक्ष रमेश पौडेलको बिशिस्ट आतिथ्यमा सप्पन्न भएको थियो भने नेकपा एमाले जिल्ला अध्यक्ष ताराकान्त चौधरी,कनचनरुप नगरपालिका प्रमुख बसन्त मिश्र,राष्ट्रिय प्रतिनिधि परिषद सदस्य जयप्रकाश ठाकुर ,जिल्ला कमिटी सदस्य अशोक यादव,भुमि सम्बन्धि समस्या समाधान आयोगको जिल्ला अध्यक्ष देवनारायण चौधरी,मानदेव हजरा,प्रभुनारायण शिवाकोटी , शम्भु पौडेल,अरबिन्द झा,राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सचिवालय सदस्य तथा जिल्ला कमिटी संयोजक चितरंजन यादव,दिपक कुमार झा,मनिष श्रेष्ठ लगायत अतिथिहहरुको उपस्थिति रहेको थियो ।

   

You cannot copy content of this page