समाचार

भूमी आयोग पुनर्बाहालीको माग गर्दै अखिल नेपाल किसान माहासंघको हस्ताक्षर अभियान

शिव आचार्य /
फत्तेपुर ।
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भए पछि निवर्तमान ओलि सरकारको पालामा गठन भएको भूमी सम्बन्धि समाधान आयोग खारेजी गरे पछि आयोग पुनर्बाहालीको माग गर्दै सप्तकोसी नगरपालिकामा अखिल नेपाल किसान माहासंघले हस्ताक्षर अभियान चलाएको छ।
अखिल नेपाल किसान महासङका केन्द्रिय सदस्य तुलाराम लुइँटेलको अगुवाइमा आयोजित हस्ताक्षर अभियान आइतबार नगरका ११ वटै वडामा पुगि हस्ताक्षर अभियान चलाइएको थियो ।

हस्ताक्षर अभियानका क्रममा बोल्दै लुइँटेलले वर्षौ देखि भूमीहिन भएर बाचेका सुकुम्बासीहरुको घाउमा देउवा सरकारले अझ नुनअमिलो दल्ने काम गरेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै महासंघका सप्तकोसी नगर सन्योजक गोबिन्द खत्रीले ओलि सरकारले भूमीहिन सुकुम्बासीलाई जगा उपलब्ध गराउने अन्तिम कसरतमा रहेको बेला देउवा सरकार अतालिएर आयोग नै विघटन गर्न पुगेको बताउनुभयो ।

सप्तकोसी नगरमा करिब एक हजारको संख्यामा सुकुम्बासी रहेको औल्याउँदै सप्तकोसी नगरपालिकाका मेयर उत्तम गौतमले देउवा सरकार सुकुम्बासी बिरोधि भएको बताउनुभयो । देशमा कमन्युनिस्ट सरकार सदैब गरिब , दलित र सुकुम्बासीको पक्षमा रहेको बताउदै देउवा सरकारले भुमि समाधान आयोग खारेज गरेर ठूलो भुल गरेको बताउनुभयो ।
सप्तकोसी नगरमा मात्र आइतबार भुमी आयोग पुनर्बहालीको माग गर्दै एक हजार भन्दा बढिको हस्ताक्षर सन्कलन गरिएको थियो । सन्कलित हस्ताक्षर सोमबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन पठाउने नेकपा एमाले का नगर अध्यक्ष पारस दाहलले बताउनुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page