राजबिराज , भदौ ५ गते । नेपाल आदिवासी जनजाति महासंघ सर्लाहीले लाल बन्दी नगरपालिका १७ कि १४ वर्षीया प्रियङ्का भुजेलको हत्यारालाई कडा कारबाहीको माँग गरेको छ ।
महासंघ सर्लाहीका अध्यक्ष बुद्धि बहादुर सुनुवारले शनिबार एक प्रेस बिज्ञाप्ति जारी गर्दै बालिका भुजेलको हत्यारा पत्ता लगाई कडा कारबाही गर्न माँग गरेको हो ।
साउन ३१ गते देखि घरबाट बेपत्ता बालिकाको करणी पश्चात हत्या भएको अहिले सम्मको अनुसान्धले पुष्टि गरेको छ, बालिकालाई बलात्कार गरि हत्या गर्ने वास्तविक अपराधीलाई पक्राउ गरि कडा कारबाहीको माग गर्दछु ।
बिज्ञाप्तिमा घटनाको न्यायीक छानबिन गरि बालिकाको हत्यारालाई पक्राउ गरि कारबाही गर्न तथा पीडित परिवारलाई क्षतिपूर्तिको ब्यवस्था मिलाउन आग्रह गरेको छ ।
महासंघद्वारा गरिएको आग्रहलाई बेवास्ता गरे महासंघ आन्दोलन गर्न बाध्य हुने प्रेस बिज्ञाप्तिमा उल्लेख गरेको छ । बिज्ञाप्तिमा माग सुनुवाइ नभए आन्दोलन गर्ने चेतावनी दिदै आन्दोलनबाट हुने क्षतिको जिम्मेवारी स्वयम् सरकार हुने भनिएको छ ।
Add Comment