समाचार

सप्तकोसी नदीमा यस वर्षकै उच्च २ लाख ५७ हजार ७९० क्युसेक मापन, ३५ ढोका खोलिए

सप्तरी । सप्तकोसी नदीमा यस वर्षकै उच्च बहाव मापन गरिएको छ । केही दिनयता परेको निरन्तरको वर्षाले गर्दा बढ्दो क्रममा रहेको सप्तकोशी नदीको बहाव आज आइतबार २ लाख ५७ हजार ७९० क्युसेक प्रतिसेकेन्ड पुगेको छ ।
कोसी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार नदीको बहाव बढेसँगै कोसी ब्यारेजका ३५ वटा ढोका खोलिएका छन् ।
पूर्वका अधिकांश भेगमा वर्षा जारी रहेकाले कोसीको जलस्तर अझै बढ्न सक्ने अनुमान गरिएको छ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page