धर्म संस्कृति

होमस्टे तथा थारु सङ्ग्रहालयका लागि योगदान पुर्‍याउने पाँच जना सम्मानित

कञ्चनरुप (सप्तरी), ५ भदौ । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर -६ जमुवामा होमस्टे (घरबास) पर्यटन विकास सम्बन्धी ४ दिने आधारभूत तालिम सम्पन्न भएको छ ।
सप्तरीमा पहिलो र प्रदेश २ मै दोस्रो होमस्टे तथा थारु संग्राहलय रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तारा गाउँ विकास समिति मध्य बानेश्वर, काठमाडौँका संयोजक तथा तालिमका प्रमुख प्रशिक्षक लिला तिमल्सिनाले जानकारी दिनुभयो ।
सो कार्यक्रममा होमस्टे तथा थारु संग्राहलयका लागि योगदान पु¥याएको भन्दै पत्रकारसहित पाँच जनालाई सम्मान गरिएको छ ।
थारु सामुदायिक होमस्टे र थारु सांस्कृतिक संग्राहलयको स्थापना कालदेखि नै पत्रिकामार्फत निरन्तर रुपमा सकारात्मक प्रचार प्रसार गरी देशविदेशमा पहिचान गराउन सहयोग गरेवापत अन्नपूर्णकर्मी पत्रकार मनोहर पोखरेल सम्मान गरिएको छ ।

यसैगरी होमस्टे र स्रग्रहालयको स्थापना, निर्माण र विकासमा योगदान पुर¥याएको भन्दै कोसी टप्पु वन्यजन्तु आरक्षका तत्कालिन प्रमुख संरक्षण अधिकृत रामदेव चौधरी, डिभिजन वन कार्यालय सप्तरीका प्रमुख सन्तोषकुमार झा, आइडिएस नेपालका टिम लिडर छोटेलाल चौधरी र जैविक विविधता संरक्षणविज्ञ नन्दलाल माझी सम्मानित हुनु भएको छ ।
थारु संग्रहालयमा आयोजित होमस्टे पर्यटन विकास सम्बन्धी एक कार्यक्रममा सामुदायिक होमस्टे र पूर्वपिप्रा धरमपुर घोघनपुर मध्यवर्ती उपभोक्ता समितिले उहाँहरुलाई सम्मान प्रदान गरेको हो । कञ्चनरुप नगरपालिका प्रमुख बसन्तकुमार मिश्रले दोसल्ला ओढाउँदै सम्मानपत्र प्रदान गर्नुभयो ।

सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख बसन्त कुमार मिश्रले सिकेका शिपलाई व्यवहारमा उतारि समाज परिवर्तन गर्न सबैलाई आग्रह गर्दै खानाको परिकारहरु कसरी पकाउने र पकाएको खाना पाहुनाहरुको लागी कसरी पस्कने र पर्यटनबाट सब भन्दा बढी फाईदा लिने गरि काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
अहिले लोप हुँदै गएको थारु समुदायको ऐतिहासिक रहन सहन, रितिरिवाज, कला संस्कृति भेषभूषाको जगेर्ना गर्न अतिनै आवश्यक रहेको बताउनुभयो ।

थारु समुदायको ऐतिहासिक रहन सहन, रीतिरिवाज, कला, संस्कृति र जनजीवनलाई जीवन्त राख्न तथा यसलाई पर्यटकीय केन्द्र बनाउने उद्देश्यले ०७५ वैशाखमा थारू सामुदायिक होमस्टे र ०७७ कात्तिकमा थारू सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण भएको छ ।
आयअर्जन, पर्यटकिय विकास, थारू कला, संस्कृति, परिकार र पहिचानको जगेर्ना गर्नुपर्छ भन्दै थारू अगुवाको पहलमा उक्त ठाउँमा आठवटा होमस्टे थालनी भएको छ । आफ्नो कला, संस्कृति, भाषा, भेषभूषा अमूल्य सम्पत्ति भएको र यसको संरक्षणमा आफैँ लाग्नुपर्छ भन्ने सोचले होमस्टेपछि थारू सांस्कृतिक सङ्ग्रहालय सञ्चालनको तयारी भइरहेको थारु सामुदायिक होमस्टेका अध्यक्ष बिष्णुदेव चौधरीले बताउनु भयो ।

होमस्टे क्षेत्र नजिकै कोशीटप्पु वन्यजन्तु आरक्ष, त्रियुगा र सप्तकोशी नदी, चन्द्रशम्सेर राणाले बनाएको नेपालकै जेठो चन्द्र नहर, प्रसिद्ध धार्मिकस्थल चतरा र बराह क्षेत्र, सामुदायिक वन, चुरे क्षेत्र, कमल दहलगायत प्रसिद्ध धार्मिकस्थल रहेकाले होमस्टे र सङ्ग्रहालयलाई आयआर्जनको आधार बनाएर सांस्कृतिक हबका रूपमा विकास गर्न खोजिएको मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बच्चुलाल चौधरीको भनाई छ ।
३५ जना सहभागि तालिममा पर्यटन तथा होमस्टे सम्बन्धित प्रमुख प्रशिक्षक लिला तिमल्सिना, सहायक प्रशिक्षक टंक कुमार चापागाईँले गर्नुभएको थियो भने पकवान तर्फ पाक प्रशिक्षक मनोज बस्नतले प्रशिक्षण गर्नुभएको थियो । त्यस तालिममा २१ प्रकारका खानेकुराहरु ब्नाउन सिकाइएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page