धर्म संस्कृति

सप्तरीमा प्रतियोगितात्मक तीज महोत्सव मनाउन तीज महोत्सव मूल समारोह समिति गठन

सप्तरीमा प्रतियोगितात्मक तीज महोत्सव मनाउन तीज महोत्सव मूल समारोह समिति गठन

राजविराज, १५ भदौ । सप्तरीमा प्रतियोगितात्मक गीत–नृत्यका साथ तीज महोत्सव मनाउन राजविराजमा आज भएको एक भेलाले तीज महोत्सव मूल समारोह समिति गठन गरेको छ ।
सामाजिक, मानव तथा महिला अधिकारका क्षेत्रमा क्रियाशील ३ दर्जन महिलाहरूको उपस्थितीमा भएको भेलाले राजविराज जेसीजकी निवर्तमान अध्यक्ष पुनम पोखरेलको अध्यक्षतामा ५ सदस्यीय कार्यसमिति गठन गरेको छ ।
कोषाध्यक्षमा सामुदायिक सेवा केन्द्रकी उपाध्यक्ष ललीता कर्ण र सदस्यहरूमा महिला मानव अधिकार रक्षक सञ्जालकी गीता पाण्डे, राजविराज जेसीजकी रञ्जना चौधरी र माडवारी महिला मञ्चकी रिया राय सञ्चेती रहनु भएको छ ।
समितिले प्रतियोगितात्मक मौलिक तीज गीत तथा नृत्य कार्यक्रमका विजेता समुहलाई पुरस्कार वितरण गर्ने तथा रेकर्ड गीतमा नृत्यु गर्नेमध्ये उत्कृष्ठलाई बिशेष उपहार प्रदान गर्ने जनाएको छ ।
प्रतियोगितामा सहभागी हुन चाहने ३ जनाको समूहले मनको पीडा र भोगेका वेदना, खुशी र समस्यालाई मौलिक गीत–नृत्यमार्फत प्रस्तुती दिनु पर्ने आयोजकले जनाएको छ ।

सप्तरीमा प्रतियोगितात्मक तीज महोत्सव मनाउन तीज महोत्सव मूल समारोह समिति गठन

प्रेम, त्याग र समर्पणको ऐतिहासिक महत्वलाई आत्मसात गर्दै धर्म, संस्कार र संस्कृतिको मूल्य, मान्यता र मौलिकतालाई लोप हुन नदिन संस्कृतिको संरक्षण आवश्यक रहेको भन्नुहुँदै संयोजक पोखरेलले सुरक्षित भएर तीज महोत्सव पर्व मनाउन लागिएको बताउनु भयो ।
वैठकले महिला मानव अधिकार रक्षक सञ्जाल सप्तरीकी अध्यक्ष अनीता देवकोटाको अध्यक्षतामा २१ सदस्य रहेको व्यवस्थापन समिति समेत गठन गरेको छ । तीज महोत्सवलाई थप व्यवस्थित गर्न आगामी वैठकले पुरस्कार उपसमिति, प्रचार प्रसार उपसमिति र मञ्च व्यवस्थापन उपसमिति गठन गर्ने जनाएको छ ।
रेयुकाई र राजविराज जेसीजले साढे एक दशक अघिदेखि सुरुवात गरेको तीज महोत्सवले राजविराजमा निरन्तरता पाउँदै आएको छ । राजविराज जेसीजको संलग्नतामा महिला अधिकारकर्मीहरुले पछिल्लो केही वर्षदेखि मनाउँदै आएको तीज महोत्सव गत वर्ष कोभिड–१९ का कारण हुन सकेन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page