समाज

राजविराजमा पानीको निकासा नभएको कारणले मुल सडकमै माछा पालन गरिदैँ

राजविराज , १९ भदौ । सप्तरीको राजविराज नगरपालिका भित्र रहेको मुख्य सडकमा पानीको निकासा नभएको कारणले सडकको मुख्य छेउ छेउमा माछाहरू बस्न थालेका छन् ।
राजविराजको मुख्य सडकहरूको दुर्दशा दिन प्रति दिन बढदै गएको स्थानिय बासिहरूको भनाई रहेको छ । राजविराजको सडकमा कतै सुँगुरको घर, कतै गोरूहरूको घर, कतै कुकुरहरूको घर त कतै फोहरहरूको ठाउँ यथावत् रूपमा देखा परेको छ ।

यो दृशय राजविराजको छिन्नमस्ता एजुकेशन एकेडमी जाने मुख्य सडकको हो। मुख्य सडकमा पानीको निकासा नभएको कारणले माछाले आफ्नो बास स्थान बनाएको छ। जहाँ स्थानिय बासिहरू माछा मार्नमा बेस्त रहेको फोटो क्यामेरामा कैद भएको छ।
स्थानिय तहको पाँच वर्ष बित्न लाग्यो तर राजविराज नगरपालिकाको बिकास शुन्य अवस्था रहेको स्थानीय युवा नेता सत्येन्द्र नारायण यादव बताउँछन् । समाजिक सञ्जाल देखि पत्रपत्रिकामा समेत दुर्गन्धित राजविराज नगरि प्रष्ट रूपले देखा परेको छ ।
राजविराजको विकास नहुको कारण स्थानियबासिले नगरपालिकाको मेयर माथि आरोप लगाएका छन्।
उता मेयर ठेकेदार माथि आरोप प्रति आरोप लगाउँदै आएका छन् । कतै वडा अध्यक्ष, कतै अध्यक्ष, कतै मेयर, कतै अधिकृत, कतै ठेकेदार बास्तमा दोषि जन्ता नै हो तर्क बितर्क सप्तरीको सबै स्थानिय तहमा अहिले आगो जस्तो बलेको छ।
जन्ताले नराम्रो जनप्रतिनिधिहरूलाई रोजेका कारणले यस्तो बेहाल अवस्था राजविराज नगरपालिकामा रहेको स्थानिय युवा तिर्थ नारायण दासले बताएका छन ।

   

You cannot copy content of this page