समाज

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा नहरमा डुवेर २४ वर्षीय युवकको मृत्यु

कञ्चनरुप (सप्तरी) ,१७ भदौ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर २ सकरदही स्थित पश्चिमी नहरमा डुवेर एक २४ वर्षीय युवकको मृत्यु भएको छ ।
बुधवार दिउँसो नहरमा सौच गर्न गएका हनुमानगर कंकालनी नगरपालिका वडा नम्बर १ भारदह लवटोलियाका गंगा राम ईसरको २४ वर्षीय छोरा लक्ष्मण कुमार ईसरको नहरमा डुवेर मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
सौच गर्न गएको बेला नहरको डिलबाट लडेर नहरमा डुवेर मुत्यु भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
उनी सात वर्ष मलेसियाको बसाइपछि १५ दिन अगाडी मात्रै घर आएका थिए ।
युवकको शव परिक्षणको लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा ल्याएको छ भने घटना बारे थप आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page