डम्बर राई /
कञ्चनरुप , भदौ २० गते । सप्तरीको कञ्चनरुप नगरपालिकामा सर्पदंश उपचार केन्द्रको एक कार्यक्रम बीच उदघाटन भएको छ ।
नगर प्रमुख बसन्त कुमार मिश्रले आइतबार प्राथमिक स्वास्थ्य केन्द्र (पिएचसी) कञ्चनपुरमा सर्पदंश उपचार केन्द्रको उदघाटन गर्नुभएको हो ।
कञ्चनरुपमा दाँत, आँखा उपचार केन्द्र यस अघि सञ्चालनमा आइसकेका छन् भने अब २५ बेडको अस्पताल पनि चाँडै नै निर्माण हुने स्वास्थ्य शाखाले जानकारी दिइएको छ ।
वडा नम्बर ८ का वडाध्यक्ष राज कुमार साहको अध्यक्षतामा आयोजित उदघाटन समारोहमा नगर प्रमुख बसन्त कुमार मिश्रले जुनसुकै काम गर्न जति सजिलो छ त्यत्ति नै चुनौती पनि हुन्छन् तर त्यसलाई समाधान गरेर जानु नै हाम्रो सफलता र बुद्विमता हो भन्नुभयो । उहाँले भन्नुभयो अब यस नगरपालिकामा हेर्दै जानुस् केहि परिवर्तन हुन्छ, साथै सोचे भन्दा बढी काम गरेर देखाउँने छु ।
आफुले शिक्षा , स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिनुहुदै नगरप्रमुख मिश्रले यस केन्द्रमा हुने गरेको वा आफुलाई जानकारी आएको दादागिरीको शैली वा व्यवहारलाई अन्त्य गरेर छाड्ने ठोकुवा गर्नुभयो । स्वास्थ्यमा कसैले पनि राजनीतिक गर्न हुदैन यदि यस्तो शैलीबाट आउँछन् भने यो नगरप्रमुखले मान्दैन मिश्रले बताउँनु भयो ।
नगरपालिकाले सर्प पक्रने तालिम दिलाउँने र सर्पलाई सुरक्षित गरी राख्ने व्यवस्था समेतको आफ्नो भावी योजनालाई जानकारी दिलाउँनु हुदै उहाँले सर्पलाई म्युजियममा राखेर पर्यटकीय क्षेत्रलाई प्रभावशाली बनाउँन सकिनेमा जोड दिनुभयो । उहाँले स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिबृद्घिमा पहुँच हुने किसिमको कार्यमा नगरपालिका जुटेको जानकारी गराउँनु भयो ।
यस्तै नगर उप प्रमुख निरु पोखरेलले धेरै चुनौतीलाई समाधान गर्दै नगरपालिकाले कामहरु गर्दै आएको बताउँनु भयो । उहाँले भन्नुभयो, हाम्रो मान्छेको भावनामा रहेर हामीले काम गर्ने होइन राम्रो काम गर्ने पक्षमा हेर्नुपर्दछ, अझ स्वास्थ्य क्षेत्रमा त कसैले पनि पक्षपात गर्नहुन्न । आत्मवललाई बलियो बनाएर काम गर्न वहाँले सुझाव समेत दिनुभयो ।
आयोजित समारोहमा डा. छविलाल थापाले स्वास्थ्य सम्बन्धि र कर्मचारीले निर्वाह, पालना गर्नुपर्ने बारेमा प्रष्ट्याउँदै यस केन्द्रको उच्च मुल्याङ्कन गर्नुभयो ।
वाइयोलोजिष्ट कमल देवकोटा, डा. आकास कुमार रौनियार, क्षयरोग निरीकक्षक कार्यालयका प्रबन्धक डाक्टर प्रकाश साह , स्वास्थ्य शाखा अधिकृत रामसेवक यादव, वडा सदस्य एवं युवा नेता संजय पासवान, स्वास्थ्यकर्मी लक्ष्मी नारायण चौधरी वडाध्यक्ष लगायतले आ आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।
Add Comment