स्वास्थ्य

आज २ हजार १ सय ९५ जना कोरोना सङ्क्रमणमुक्त , १ हजार २६८ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा आज थप २ हजार १ सय ९५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यो सँगै हालसम्म ७ लाख २६ हजार संक्रमित निको भइसकेका छन् ।
यस्तै आज थप १ हजार २ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै आज थप ९ जनाको मृत्यु भएपछि कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको कूल सङ्ख्या १० हजार ८ सय १८ पुगेको छ ।
देशभर ३१ हजार ८ सय २६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page