राजबिराज, २१ भदौ । सप्तरीका प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्यको सरुवा भएको छ । उनको गृह मन्त्रालय सरुवा भएको हो ।
दुई महिना अगाडि सप्तरी आएका आचार्यको सरुवा भएपछि सप्तरीको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम आउने भएका छन् । उनी गृह मन्त्रालयबाट सरुवा भई सप्तरीको आउने जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
छोटो समयमा निकै चर्चामा रहेका प्रजिअ आचार्यको सरुवाको खबरले सप्तरीबासी निराश भएका छन् ।
Add Comment