समाचार

सिरहाबाट अहेव पढ्न राजविराज आएका एक विद्यार्थी झुण्डिएको अवस्थामा मृत फेला

राजविराज । सप्तरीको राजविराजमा एक जना अहेव अध्ययनरत विद्यार्थी झुण्डिएको अवस्थामा मृत फेला परेका छन । मृतक सिरहा जिल्ला लक्ष्मीपुर वडा नं. ७ घर भएका छिरज मण्डल रहेका छन ।
भारदहको उपेन्द्र दासको घरमा दुई महिना भन्दा वढी दिनदेखि भाडामा बस्दै आएका मण्डलको आइतबार दिउँसो पौने पाँच बजेतिर झुण्डिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।
प्रहरीका अनुसार उनी सप्तरीको राजविराज स्थित राजदेवी टेक्निकल ईन्सिच्यूटमा अहेव पढरेर स्वास्थ्य सम्बन्धी प्रयोगात्मक अध्ययन ओ.जि.टि. गर्न हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहको भारदह अस्पतालमा आएका थिए ।
मण्डलको मृत्यु के कारणले भएको हो भन्ने यर्थात खुल्न सकेको छैन र अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
मृतकको शव पोष्मार्टमका लागि राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा राखिएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page