समाज

कर्तव्य ज्यान मुद्धामा २० वर्ष कैद तोकिएर फरार रहेका एक प्रतिवादीलाई पक्राउ

कञ्चनरुप । सप्तरी प्रहरीले कर्तव्य ज्यान मुद्धामा २० वर्ष कैद तोकिएर फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा साविक मानराजा गाविस वडा ७ हाल बोदेबरसाईन नगरपालिका वडा नम्बर ७ का दानालाल यादव रहेका छन ।
२०६२ साल तिर बोदेबरसाईन नगरपालिका वडा नम्बर ७ का गंगाराम कापैरलाई यादवले कर्तब्य गरी हत्या गरेका थिए ।
कर्तब्य ज्यान मुद्दामा सप्तरी जिल्ला अदालतको २०७३।०१।२२ गतेको फैसलाले जन्म कैद २० बर्ष कैद ठहर भई फरार रहेका यादवलाई गाउँ घरमा नै लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यादवलाई सप्तरी जिल्ला अदालतमा उपस्थित गराइ कैद भुक्तानको लागी कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफलेले जानकारी दिए ।

   

You cannot copy content of this page