समाज

सप्तरीमा करेन्ट लागेर ११ वर्षीय बालकको मृत्यु

कञ्चनरुप । सप्तरीमा करेन्ट लागेर ११ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका ३ सकरपुराका स्थानीय बिनोद ठाकुरको ११ वर्षीय छोरा चन्दन ठाकुर रहेका छन ।
बिहीबार घरमा एक्लै भएको अबस्थामा डिस होमको रिसिभरलाई सफा गर्ने क्रममा दुबै हातमा करेन्ट लागेर बालकको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
बालकको शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ल्याएको छ । घटनाबारे थप अनुसान्धन भई रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page