स्वास्थ्य

दुई दिने स्वास्थ्य सम्बन्धि वार्षिक समिक्षा गोष्ठि सुरु

कञ्चनरुप , २७ भदौ । सप्तरीको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखा कञ्चनपुरको आयोजनामा आइतबार नगरपालिकाको सभाहलमा दुई दिने वार्षिक समिक्षा गोष्ठि सुरु भएको छ ।
सो कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमार मिश्रले स्वास्थ्य क्षेत्रमा राम्रो सुधार आएको्ेमा स्वास्थ्यकर्मीहरुलाई धन्यवाद दिदै स्वास्थ्य क्षेत्रलाई नमुना बनाउन स्वास्थ्यकर्मीहरुले अझै राम्रो मेहनत गरेर काम गर्नुपर्ने बताउनुभयो ।
उहाँका अनुसार आफू जनप्रतिनिधिमा निर्वाचित भएर आएदेखि शिक्षा र स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरेकै कारणले गर्दा स्वास्थ्य क्षेत्रमा उल्लेख्य मात्रामा सुधार आएको र कोरोनाका कारणले गर्दा शिक्षा क्षेत्रमा सोचे अनुसार प्रगति गर्न नसकिएको कुरा जानकारी गराउनुभयो ।

प्राथमिक स्वास्थ्य केन्द्रमा अहिले २/३ सयको संख्यामा बिरामीहरु जाँच गराउन आउने गरेको र केन्द्रमा अहिले विशेषज्ञ सेवा सहित आँखा, कान, दाँत, कुकुरले टोकेको, सर्पदशंको समेत उपचार हुन थालेपछि जनतामा राम्रो सँग उपचार हुने विश्वास बढेर जान थालेको नगर प्रमुख मिश्रले बताउनु भयो ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका जनस्वास्थ्य अधिकृत दुनियालाल यादवले सप्तरीको पालिका मध्ये कञ्चनरुपको स्वास्थ्य क्षेत्रमा राम्रो प्रगति भएकोमा खुशी व्यक्त गर्दै स्वास्थ्य क्षेत्र राम्रो बन्नुमा स्वास्थ्यकर्मीहरुको राम्रो मिहेनत र नगरपालिकाको राम्रो सहयोगले गर्दा भएको बताउनुभयो ।

स्वास्थ्य शाखाका सह-संयोजक सिअहेव अधिकृत डम्बर प्रसाद गुप्ता, सुरेन्द्र प्रसाद यादव, पोषण कार्यक्रमकी सहजकर्ता सुशिला चौधरी लगायतका वक्ताहरुले वार्षिक समिक्षा गोष्ठिले स्वास्थ्य क्षेत्रलाई बलियो बनाउन सहयोग पुर्‍याउने बताउनु भयो ।
स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत रामसेवक यादवले स्थानिय तहभित्रका स्वास्थ्य संस्थाहरुको प्रगतिको तुलनात्मक विश्लेषण गर्ने, कार्यक्रम सञ्चालनमा देखिएका कमिकम्जोरी पहिचान गर्ने र सुधार गर्नुपर्ने पक्षहरु पत्ता लगाई लक्ष्य प्राप्ति सम्म पुग्न मार्ग पहिचान गर्ने, प्रमुख स्वास्थ्य सूचकहरुको प्रगति समिक्षा तोकिएको तथा स्थानिय प्राथमिकताका आधारमा स्वास्थ्यका नियमित सूचना प्रणालीहरुमा नसमेटिएका विषयहरुको विश्लेषण गर्ने समिक्षा गोष्ठिको उदेश्य रहेको बताउनुभयो ।
नगरभित्रका स्वास्थ्य संसथाका प्रमुखहरुले वर्षभरी स्वास्थ्य संस्थाले गरेको प्रगति प्रतिवेदन पेश गर्ने भएको थियो ।
प्रमुख प्रशासकिय अधिकृत नवराज खडकाको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page