स्वास्थ्य

आज ९ सय ९४ जनामा कोरोना सङ्क्रमण पुष्टि , १ हजार ३६८ जना सङ्क्रमणमुक्त

काठमाडौँ । नेपालमा आज थप ९ सय ९४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार ९ हजार ८ सय ४० जनामा एन्टिजेन र पीसीआर बिधिबाट परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
त्यसैगरी आज थप १ हजार ३ सय ६८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।
आज कोरोना सङ्क्रमणका कारण १२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १० हजार ९ सय ३६ पुगेको छ ।
देशभर सक्रिय सङ्क्रमित सङ्ख्या २७ हजार ३ सय ५५ रहेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page