काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले अमेरिकालाई १ सय ७५ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभरमा सबै विकेट गुमाउँदै १ सय ७५ रन बनायो।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेले। उनले १०५ बलमा ३ चौकासहित ५५ रन बनाएका हुन्। मल्लको यो तेस्रो वानडे अधर्शतक हो।
यस्तै, कुशल भुर्तेलले ४३ बलमा ५ चौका र १ छक्काको मद्दतमा ३६, डेब्यू खेलाडी गुल्शन झाले २८, करण केसीले १२, सन्दीप लामिछानेले ११ र विनोद भण्डारीले १० रनको योगदान दिए। बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्।
बलिङमा सौरभ नेत्रावलकरले ४, काइल फिलिपले ३ तथा करिमा गोरे, एल्मोर हचिन्सन र नोस्तुश केंजिगेले १–१ विकेट लिए।
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment