धर्म संस्कृति

भोलि शताब्दीकै ठुलो ५८० वर्षकै सबैभन्दा लामो चन्द्रग्रहण लाग्दै ; ३ घण्टा २८ मिनेट २४ सेकेन्ड लामो हुने

भोलि मंसिर ३ गते करिब ६ शताब्दी यताकै सबैभन्दा लामो अवधिसम्म चन्द्रग्रहण लाग्दै छ । नोभेम्बर १९ मा लाग्ने यो चन्द्रग्रहण सन् २०२१ को अन्तिम चन्द्र ग्रहण हुनेछ । पछिल्लो ५ सय ८० वर्षमा पहिलो पटक यति लामो अवधिको चन्द्रग्रहण लाग्दैछ ।
यो पटकको चन्द्र ग्रहणमा चन्द्रमाको ९७ प्रतिशत भाग ढाकिनेछ । जो दिउँसो करिब साढे १ बजे उच्च बिन्दुमा पुग्नेछ । यो चन्द्रग्रहण ३ घण्टा २८ मिनेट २४ सेकेन्ड लामो हुनेछ ।
५८० वर्ष यता यति लामो अवधिको चन्द्रग्रहण लागेको थिएन । यसअघि सन् १४४० को फेब्रुअरी १८ मा सबैभन्दा लामो चन्द्रग्रहण लागेको थियो । अब यति लामो चन्द्रग्रहण ८ फेब्रुअरी २६६९ मा मात्र लाग्नेछ ।
यो चन्द्र ग्रहण एसिया, अमेरिका, उत्तरी युरोप, अस्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्र लगायतबाट देखिनेछ ।
यो चन्द्रग्रहणमा विशेषगरी ५ राशि हुनेहरुलाई फलिफाप हुनेछ। पहिलो राशी हो मेष राशि, दोस्रोमा कन्या राशि, तेस्रोमा तुला राशि, चौथोमा कुम्भ राशि र पाँचौंमा मीन राशि।यी ५ राशि हुनेहरुको पराक्रममा वृद्धि हुनेछ, धन दौलत, सुख प्राप्त हुनेछ। नयाँ कृतिस्वपनि प्राप्त गर्नेछन्। ग्रहण लागेका ठाउँहरुमा उक्त राशि हुनेहरुलाई विशेष फल प्राप्त हुनेछ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page