भोलि मंसिर ३ गते करिब ६ शताब्दी यताकै सबैभन्दा लामो अवधिसम्म चन्द्रग्रहण लाग्दै छ । नोभेम्बर १९ मा लाग्ने यो चन्द्रग्रहण सन् २०२१ को अन्तिम चन्द्र ग्रहण हुनेछ । पछिल्लो ५ सय ८० वर्षमा पहिलो पटक यति लामो अवधिको चन्द्रग्रहण लाग्दैछ ।
यो पटकको चन्द्र ग्रहणमा चन्द्रमाको ९७ प्रतिशत भाग ढाकिनेछ । जो दिउँसो करिब साढे १ बजे उच्च बिन्दुमा पुग्नेछ । यो चन्द्रग्रहण ३ घण्टा २८ मिनेट २४ सेकेन्ड लामो हुनेछ ।
५८० वर्ष यता यति लामो अवधिको चन्द्रग्रहण लागेको थिएन । यसअघि सन् १४४० को फेब्रुअरी १८ मा सबैभन्दा लामो चन्द्रग्रहण लागेको थियो । अब यति लामो चन्द्रग्रहण ८ फेब्रुअरी २६६९ मा मात्र लाग्नेछ ।
यो चन्द्र ग्रहण एसिया, अमेरिका, उत्तरी युरोप, अस्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्र लगायतबाट देखिनेछ ।
यो चन्द्रग्रहणमा विशेषगरी ५ राशि हुनेहरुलाई फलिफाप हुनेछ। पहिलो राशी हो मेष राशि, दोस्रोमा कन्या राशि, तेस्रोमा तुला राशि, चौथोमा कुम्भ राशि र पाँचौंमा मीन राशि।यी ५ राशि हुनेहरुको पराक्रममा वृद्धि हुनेछ, धन दौलत, सुख प्राप्त हुनेछ। नयाँ कृतिस्वपनि प्राप्त गर्नेछन्। ग्रहण लागेका ठाउँहरुमा उक्त राशि हुनेहरुलाई विशेष फल प्राप्त हुनेछ।
भोलि शताब्दीकै ठुलो ५८० वर्षकै सबैभन्दा लामो चन्द्रग्रहण लाग्दै ; ३ घण्टा २८ मिनेट २४ सेकेन्ड लामो हुने










Add Comment