समाज

सप्तरीको सुरुङ्गामा बसले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

कञ्चनरुप (सप्तरी) । सप्तरीको पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुरुङ्गा नगरपालिका ५ स्थित बिहीबार बसले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाईकल चालक सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर ७ का ४० वर्षीय कुमार बस्नेत रहेका छन ।
पश्चिम बाट पूर्व तर्फ गइरहेको ना ३ ख ३१४९ नम्बरको बसले सोही दिशा तर्फ गइरहेको प्रदेश २–०१–००१ प ०२९१ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा गम्भिर घाइते भएका बस्नेतको सिरहा स्थित सप्तऋषी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय कडरवोनाले बस र मोटरसाईकललाई नियन्त्रणमा लिएको छ भने थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page