सप्तरी , मंसिर १४ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दसौं राष्ट्रिय महाधिवेशनबाट सप्तरीका चार जना नेताहरु केन्द्रिय सदस्यमा निर्बिरोध निर्वाचित भएका छन् ।
राष्ट्रिय सभा सदस्य तथा दलको नेता सुमनराज प्याकुरेल, राजकुमार लेखी, दिवाकर देवकोटा र प्रतिनिधिसभा सदस्य सरिता गिरि यादव एमाले पार्टीको केन्द्रिय सदस्यमा निर्बिरोध निर्वाचित भएको हो ।
यी नेताहरू मध्ये प्याकुरेलले दोस्रो कार्यकालको लागि निरन्तरता पाउनुभएको हो भने बाँकी तीन जनाले पहिलो पटक केन्द्रिय सदस्यमा सर्वसम्मतिले चयन हुनुभएको हो ।
Add Comment