राजनीति

नेकपा एमाले अध्यक्षमा पुनः ओली विजयी, यस्तो बन्यो एमालेको टिम

नेकपा (एमाले) को दसौँ राष्ट्रिय महाधिवेशनले फराकिलो मतान्तरसहित अध्यक्षमा पुनः केपी शर्मा ओलीलाई निर्वाचित गरेको छ ।
कूल खसेको दुई हजार ९६ मध्ये अध्यक्ष ओलीले एक हजार आठ सय ४० मत प्राप्त गर्नुभएको पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।
ओलीका प्रतिस्पर्धी डा भीमबहादुर रावलले दुई सय २३ मत प्राप्त गर्नुभएको हो । चुनावमा ओलीले रावललाई ठूलो मतान्तरले हराउनुभएको हो ।
ओली दोस्रो पटक एमाले अध्यक्षमा निर्वाचित हुनुभएको हो । ३६ जनाले नो भोटमा मतदान गरेका थिए। रावललाई फराकिलो मतान्तरले पराजित गरेसँगै पुनः एमालेको बागडोर थप ४ वर्ष ओलीले नै सम्हाल्ने भएका छन्। यसअघि नवौँ महाधिवेशनमा पनि ओलीले माधवकुमार नेपाललाई हराएर अध्यक्ष जित्नुभएको थियो ।
चितवनको सौराहामा सुरु महाधिवेशनमा दुई हजार एक सय ५३ प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको थियो ।
वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शङकर पोखरेललगायत पदाधिकारी भने निर्विरोध निर्वाचित हुनुभएको छ । तीन उपमहासचिवमा प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध निर्वाचित हुनुभएको छ ।
उपाध्यक्ष पदमा अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, विष्णु पौडेल, सुवास नेम्वाङ, युवराज ज्ञवाली र रामबहादुर थापा बादल उपाध्यक्ष पदमा विजयी भएका छन्।
घनश्याम भुसाल भने उपाध्यक्ष पदमा जम्मा ७२५ मत पाएर पराजित भएका छन्।
शाक्यले १९७६ मत ल्याएकी छन् भने पाण्डेले १९२५ मत ल्याएका छन्। सुवास नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२ र रामबहादुर थापा बादलले १७६८ मत पाएका छन्।
यस्तै सचिव पदमा गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ निर्वाचित भएका छन्।
छुट्टै उम्मेदवारी दिएका भीम आचार्य र टंक कार्की पराजित भएका छन्।
विष्टले सर्वाधिक १९७६ मत मत पाएका छन्। योगेश भट्टराईले १९६४, छविलाल विश्वकर्मा र पद्मा अर्याले भने समान १८०० मत पाएका छन्। लेखराज भट्टले १७०४, टोपबहादुर रायमाझीले १७०० र रघुवीर महासेठले १५१३ मत पाएका छन्। पराजित भीम आचार्यले भने १३०० र टंक कार्कीले भने ५०० मत ल्याएका छन्। विभिन्न सञ्चारमाध्यमको सहयोगबाट

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page