मधेस प्रदेश समाज

सप्तरीका दुई युवक सिरहाबाट ५० ग्राम सुन र ५४ हजार नगदसहित पक्राउ

सिरहा प्रहरीले सप्तरीका दुई युवकलाई ५० ग्राम सुन र ५४ हजार नगदसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका ११ का २५ वर्षीय तौहिद आलम र सप्तरीकै वोदेवर्साईन नगरपालिका ६ का २५ वर्षीय मो. समिम अख्तर रहेका छन् ।
ईलाका प्रहरी कार्यालय लहानबाट खटेको टोलिले मंगलबार सिरहाको लहान नगरपालिका ७ स्थित स ८ प ६०७७ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा सुन र नगदसहित दुबै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
दुबै जनाको साथबाट ५० ग्राम सुन र ५४ हजार नेपाली नगद बरामद भएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय लहानमा राखेर थप अनुसन्धान भइरहेको जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page