समाज

शहर सफा राख्न राजविराज जेसीजद्वारा प्लोगिङ्ग कार्यक्रम सञ्चालन

कञ्चनरुप (सप्तरी) , मंसिर १५ गते । राजविराज जेसिजले आफ्नो सप्ताह २०२१ को दोस्रो दिन प्लोगिङ्ग अभ्यास कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
जेसीजद्वारा सञ्चालित जेसीज सप्ताह २०२१ अन्तर्गत दोस्रो दिन आज विहान ६ बजे शहर सफा राख्न राजविराज जेसीज भवनदेखि राज रङ्गशाला, जिल्ला प्रशासन कार्यालय हुँदै भगवती मन्दिरको प्राङ्गणसम्मको फोहोर प्लास्टिक बोतल सङ्कलन गरि राजविराज नगरपालिकाको सरसफाई दललाई बुझाएको निवर्तमान अध्यक्ष नानीमैया कटवालले जानकारी दिनु भयो ।
यस कार्यक्रमको अध्यक्षता राजविराज जेसीज वर्ष २०२१ का अध्यक्ष जेसी सिद्धार्थ तातेडले गर्नुभएको थियो भने कार्यक्रम संयोजन जेसी उज्ज्वल काबराले गर्नुभयो ।

प्लोगिङ्ग के हो ?
अमेरिका, युरोपका सहरहरू लगायत विकसित मुलुकहरूमा विहानको समयमा जगिङ्ग गर्दा गर्दै वरपर रहेका फोहोर प्लास्टिक र प्लास्टिकजन्य वस्तु सङ्कलन गरि व्यवस्थापन गर्नुलाई नै प्लोगिङ्ग भनिन्छ ।
विश्वको पर्यावरणलाई स्वच्छ र प्रदुषणरहित बनाउन धेरै प्रयासहरु भइरहेको छ। प्लास्टिकजन्य फोहोरबाट चिन्तित रहेको समाजमा प्लोगिङ्गबाट निकै हदसम्म प्लास्टिकजन्य फोहोर उठाउने अभ्यास प्रचलनमा आएको छ। प्लास्टिक ठोस फोहोर भएकाले चिन्ता बढाउनु स्वभाविकै भएकोले राजविराज जेसीसले प्लोगिङ्ग कार्यक्रम सञ्चालन गरेको कटवालले बताउनुभयो ।
राजबिराज जेसिसले आफ्नो सप्ताह कार्यक्रम अन्तर्गत हिजो मंगलवार पहिलो दिन जेसिसभवन परिसरमा सरसफाइ र बृक्षारोपण गरेर सुरु गरेको थियो ।
साप्ताहिक कार्यक्रमको तेस्रो दिन पाठ्यपुस्तक सामाग्री बितरण, चौथो दिन गजेन्द्र चोकमा सेनेटरी प्याड बितरण, पाँचौ दिन जेसिस भवनमा योगा शिबिर संचालन, छैठो दिन महेन्द्र बिन्देश्वरी क्याम्पसमा जेसिस जनचेतना, सातौ दिन अन्तर विद्यालय बादविबाद प्रतियोगिता हुने कार्यक्रम मुल संयोजक रवी रायले जानकारी दिनुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page