धर्म संस्कृति

आज बालाचतुर्दशी दिवंगत पितृको सम्झनामा शतबीज छरी मनाइँदै

आज बालाचतुर्दशी पर्व दिवंगत पितृको सम्झनामा शतबीज छरी देशैभर मनाइँदै छ ।
प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बिहान शतबीज छरी बालाचतुर्दशी पर्व मनाइन्छ । दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले आज पितृको सद्गतिको कामना गर्दै शतबीज छर्दै छन् ।
पशुपतीनाथ मन्दिर सँगसँगै अन्य शिवालयमा अधिल्लो दिनदेखि नै मानिसहरूको भीड लाग्छ ।
रातभरि जाग्राम बसी, भजन किर्तन गरी दिप प्रज्वलन गरे पश्चात बिहान स्नान गरेपछि शुक्रबार बिहानैदेखि मानिसहरुले शतबीज छरेका छन् । शतबीज अर्थात् सप्तबीजमा धान, जौ, गहुँ, चना, मकै र कागुनो पर्दछन् ।
नेपालका विभिन्न स्थानमा विभिन्न किसिमका शतबीज तयार पारिन्छ । पशुपतीनाथ मन्दिर परिसरमा रहेको मृगस्थलीमा एउटा गेडा शतबीज छर्दा एक गेडा सुन दान गरे बराबरको पुण्य मिल्ने विश्वास धर्मावलम्बीहरूको रही आएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page