धर्म संस्कृति

३ सय वर्ष पुरानो आकाश भैरवको मूर्ति चोरी

काठमाडौं । स्‍वयम्भूबाट आकाश भैरवको मूर्ति चोरी भएको छ। मंगलबार बिहान हलचोकस्थित आकाश भैरव मन्दिरको मूर्ति चोरी भएको हो।
पुजारीले पूजा गरिरहेका बेला केही व्यक्ति मन्दिर प्रवेश गरी जबरजस्ती मूर्ति लगेका हुन्।
नागार्जुन नगरपालिका ३ मा रहेको मन्दिरबाट मूर्ति चोरी भएको महानगरीय प्रहरी वृत्त स्वयम्भूका डीएसपी मिलन केसीले जानकारी दिए। मूर्ति चोरी भएको हो हामी खोज्दैछौं उनले भने ।
सो मूर्ति ३ सय वर्ष पुरानो भएको बताइएको छ। साभार अन्नपूर्णबाट

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page