धर्म संस्कृति

सप्तरीको रुपनी गाउँपालिका स्थित भथौलमा शिव शनि मन्दिरको शिलान्यास

राजविराज, २७ मंसिर । सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ४ स्थित भथौलमा शिव शनि मन्दिरको शिलान्यास गरिएको छ ।
आज सोमवार प्रदेश नम्बर २ का अर्थमन्त्री शैलेन्द्र प्रसाद साह र आम सञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले संयुक्त रुपमा शिल्यानश गरेका हुन् । मन्दिर निर्माणका लागि रुपनी गाउँपालिकाले रु ३ लाख बजेट विनियोजन गरेको छ ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष हरेराम यादव, स्थानियवासी , समाजसेवी, सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page