समाज

धर्मिहल्फा महिला विकास क्लब सप्तरीद्वारा अग्नीपिडित ३ परिवारलाई राहत वितरण

बृजमान तामाङ
बिरेन्द्र बजार, १२ पुस ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका १० रंजितपुरमा सोमबार धर्मिहल्फा महिला विकास क्लब सप्तरीले अग्नीपिडित ३ परिवारलाई राहत वितरण गरेको छ ।
क्लबका अध्यक्ष समाजसेवी ईन्जिनियर सूर्य नारायण यादवले स्थानीय दानविर यादव, बलविर यादव र बद्री नारायण यादवको परिवारलाई राहत प्रदान गरेका हुन ।
अध्यक्ष यादवले त्रिपाल, झुल, तन्ना, धोती, सारी, थाल गिलास, कन्ती, भाँडा र डाडु सहितका अग्नीपिडितहरुलाई राहतस्वरूप प्रदान गरे ।
राहत वितरण कार्यक्रममा ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक अमिरी यादव, नेपाली कंग्रेसका महाधिवेशन प्रतिनिधि भगवती यादव, टेक नारायण यादव, मिश्रीलाल यादव सहितका स्थानीय संचारकर्मीहरुको उपस्तिथि रहेको थियो ।
पुस १० गते आगलागी हुँदा ५ लाख भन्दा बढी धनमाल जलेर नष्ट भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page