समाज

सप्तरीमा आज बिहान एक महिलाको हत्या भएको अवस्थामा शव फेला

कञ्चनरुप ( सप्तरी) , १२ पुष । सप्तरीमा आज बिहान एक महिलाको हत्या भएको अवस्थामा शव फेला परेको छ ।
जिल्लाको छिन्नमस्ता गाउँपालिका–१ बरही वीरपुरमा स्थानीय जमाहर यादवकी ५० वर्षीया श्रीमती भुटनीदेवी यादवको घाँटी रेटी बियरको बोतल प्रहार गरी हत्या गरिएको अवस्थामा शव भेटिएको सप्तरी प्रहरीले जनाएको छ ।
घरबाट खरानी लिएर खेतमा फाल्न गएका बेला हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीको भनाइ छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट एक टोली गएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफलेले बताउनुभयो ।
यसैगरी एक महिनाकै अन्तरालमा छिन्नमस्ता गाउँपालिकामा २ जना व्यक्तिको घाँटी रेटी हत्या भएको छ।
यो भन्दा पहिला छिन्नमस्ता गाउँपालिकाकै वडा नम्बर ६ खुदीबखारीको एक जना वृद्धको घाँटी रेटी हत्या गरिएको थियो।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page