कञ्चनरुप, १३ पुष । महेन्द्र जनता माध्यमिक विद्यालय कञ्चनरुप -६ घोघनपुर बलुवाले सोमवार आर्थिक वर्ष २०७७/०७८ को छात्रवृत्ति वितरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
सो कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमार मिश्रले शिक्षा क्षेत्रलाई कसरी राम्रो बनाउन सकिन्छ त्यसतर्फ सबैको ध्यान जान अतिनै आवश्यक रहेको बताउनु भयो । कोरोनाले गर्दा शिक्षा क्षेत्रमा ठुलो प्रभाव पर्न गएको स्मरण गराउँदै गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकहरुलाई आग्रह गर्नुभयो ।
वडा नम्बर ६ का वडा अध्यक्ष मो. जिवरीलले शिक्षक, अभिभावक र विद्यार्थीहरुले गुणस्तरीय शिक्षाका लागि विशेष ध्यान पु र्याउनु पर्ने र शिक्षा क्षेत्रको विकासमा जनप्रतिनिधिहरुको सधैं साथ रसहयोग रहने बताउनुभयो ।
शिक्षा शाखाका संयोजक ललित नारायण यादव, शिक्षक श्याम कुमार यादव, चन्दादाता लक्ष्मी कुमारी चौधरी लगायतका वक्ताहरुले शिक्षा क्षेत्रको विकासमा सबैको साथ र सहयोग हुन आवश्यक रहेको बताउनु भयो ।
कक्षा १ को छात्रा १३, दलित १३ गरी जम्मा ५३ जना, कक्षा दुईको छात्रा १६ जना, दलित १६ जना गरी जम्मा ३२ जना, कक्षा ३ को छात्रा १९ जना, दलित १६ जना गरी जम्मा ३५ जना, कक्षा ४ को छात्रा १३ जना, दलित २१ जना गरी जम्मा ३४ जना, कक्षा ५ को छात्रा ११ जना दलित २२ जना गरी जम्मा ३३ जना, कक्षा ६ को छात्र १९ जना दलित २० जना गरी जम्मा ३९ जना, कक्षा ७ को छात्रा २३ जना, दलित ३६ जना गरी जम्मा ५९ जना, कक्षा ८ को छात्रा २१ जना, दलित २१ जना गरी जम्मा ४२ जनालाई प्रति विद्यार्थी रु ४ सयका दरले र कक्षा ९ को छात्रा ३८ जना, दलित ३२ जना गरी जम्मा ७० जना, कक्षा १० को छात्रा १६ जना, दलित १७ जना गरी जम्मा ३३ जनालाई प्रति विद्यार्थी रु ५ सयका दरले जम्मा १ लाख ८२ हजार ३ सय रुपियाँ छात्रवृत्ति प्रदान गरिएको विद्यालयका प्रधमनाध्यापक मो. सलिमले जानकारी गराउनु भयो ।
त्यसैगरी २०७७ सालको एसइइ परीक्षामा उत्कृष्ट हुने किरण महतो। सिमा खातुन, सुमन कुमारी चौधरीलाई गोविन्द स्मृति पुरस्कार प्रदान गरी सम्मान गरिएको थियो । २०७७ को कक्षा १ देखि ९ सम्ममा उत्कृष्ट हुने कक्षा ९ बाट कक्षा १० मा जाने आकाश चौधरी र कक्षा ४ बाट ५ मा जाने मोनालिसा सिंहलाई सुन्दर स्मृति पुरस्कारप्रदान गरेर सम्मान गरिएको थियो ।
त्यस्तै कक्षा ११ र १२ मा उत्कृष्ट हुने जेहेन्दार विद्यार्थी कक्षा ११ का श्रवण कुमार साह र रचना चौधरी, कक्षा १२ का सन्जना कुमारी चौधरी र जिविद्धी रामलाई पर्वतीवती थरुनी तथा तिलक स्मृति पुरस्कार प्रदान गरि सम्मान गरिएको थियो ।
कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई विभिन्न् शीर्षकको पुरस्कार समेत प्रदान गरिएको विद्यालयले जनाएको छ । शिक्षक रमेश तिमिल्सिनाद्वारा सञ्चालित कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक मो. सलिमले गर्नुभएको थियो ।
Add Comment