शिक्षा

राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को नतिजा भोलि सार्वजनिक गर्दै

राष्ट्रिय परीक्षा बोर्डले भोलि शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक गर्ने भएको छ ।
बोर्डले भोलिसम्ममा नतिजा सार्वजनिक गरिने तयारी रहेको जानकारी दिएको छ ।
गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको कक्षा–१२ को परीक्षामा ३ लाख ७५ हजार परीक्षार्थी सहभागी भएका थिए ।
यस्तै, कोभिड–१९ का कारण परीक्षा दिन नपाएकाहरूले बुधबारदेखि परीक्षा दिएका छन् ।
कोभिडका कारण परीक्षा दिन छुटेका ४१ विद्यार्थी परीक्षामा सहभागी छन् । ती परीक्षार्थीको परीक्षाफल १० दिनभित्र प्रकाशित गरिने बोर्डले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page