उत्तम आचार्य
कञ्चनरुप , २० पुष । नेपाली मुसलमानहरुको हकहितमा काम गर्ने पार्टी नेकपा एमाले रहेको नेकपा एमाले प्रदेश नम्बर २ का सदस्य एवम् सप्तरी जिल्लाका उपाध्यक्ष अब्दुल मजित साकिरले एक कार्यक्रममा बताउनु भयो ।
मंगलवार सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका वडा नम्बर ९ स्थित रहेको फूलबारी पार्टी प्यालेशमा आयोजित नेकपा एमालेको भातृ संगठन मुस्लिम इत्तेहाद संगठनको बृहत जिल्ला भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि अब्दुल मजित साकिरले सो कुरा बताउनु भएको हो ।
नेकपा एमाले हिरा हो र हिरामा हुने गुण नेकपा एमालेका श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीमा रहेको उहाँले बताउनु भयो । एमालेले मात्र नेपालमा रहेको सबै जातजाती र भाषाभाषीलाई एकता बद्ध बनाई नेपाललाई समृद्ध बनाई जनतालाई सुखी बनाउन सक्ने ठोकुवा समेत गर्नुभयो ।
आफ्नो हक अधिकारको सुनिश्चित गर्दै नेपालका मुसलमानहरुलाई एकताबद्ध बनाई सुद्धिकरण र सुदृढिकरण गराउँदै नेपाललाई समृद्ध बनाई जनतालाई सुखी बनाउने अभियानमा नेपाली मुसलमानहरु पनि हातेमालो गर्दै अगाडि बढ्ने नेपाल मुस्लिम इत्तेहाद संगठनको उदेश्य रहेको उहाँले बताउनुभयो ।
नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रिय सदस्य एवम् नेकपा एमालेका प्रदेश नम्बर १ का सदस्य जफिर जमालिले नेपाली मुसलमानहरुले नेपाली कांग्रेसलाई ठुलो सहयोग गरी सत्तामा पुर्याउने काम गर्यो तर नेपाली काँग्रेसले नेपाली मुसलमानहरुको हकहितमा काम गर्नुको साटो गुलाम बनाउने काम गर्यो अब नेपाली मुसलमानहरु काँग्रेसको झुट र भ्रमको खोलमा नलाग्ने बताउनु भयो । नेपाल मुस्लिम इत्तेहाद संगठनले मुसलमानहरुको चेतनाको विकासमा टेवा पुर्याउने किसिमले काम गर्ने उहाँले बताउनु भयो । नेकपा एमालेले बाहेक अरु कुनै पार्टीले नेपाली जनता र राष्ट्रको हितमा काम गर्न नसक्ने दाबी समेत गर्नुभयो ।
नेकपा एमाले प्रदेश नं. २ का सदस्य मो. कलिमले गरिब र निमुखा जनतालाई माया गर्ने पार्टी नेकपा एमाले रहेको र आफ्नो जिन्दगीलाई र परिवारको सुख चाहानु हुन्छ भने एमालेमा सम्पूर्ण मुसलमानहरु लाग्नुपर्नेमा जोड दिनुभयो । नेपाली मुसलमानहरुले नेपाली काँग्रेसलाई धेरै माया गरे तर काँग्रेसले नेपाली मुसलमानहरुको लागि विषालु सर्प जस्तै बन्यो उहाँले भन्नुभयो ।
लामो समयसम्म शासन गरे पनि काँग्रेसले कहिल्यै पनि नेपाली मुसलमानहरुको हितमा काम गरेन तर नेकपा एमालेको नेतृत्वमा रहेको सरकारले मुस्लिम आयोग बनाई मुसलमानहरुको हक हितलाई सुनिश्चित गर्ने काम गर्यो र मदर्शाहरुमा बजेटको व्यवस्था मिलाई मुसलमानहरुको हक हितमा काम गरेको कारणले गर्दा सबै मुसलमानहरु एमालेमा आबद्ध हुनुपर्ने उहाँले बताउनुभयो ।
नेकपा एमालेका जिल्ला कमिटी सदस्यद्वय शिवनारायण साह, पेशल जोशी, कञ्चनरुप नगर कमिटी अध्यक्ष बच्चुलाल चौधरी, सप्तकोशी नगर कमिटी अध्यक्ष पारस दाहाल, राष्ट्रिय युवा संघ नेपाल कञ्चनरुप नगर कमिटी अध्यक्ष जैनुदिन मियाँ लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सो भेलाले मो. मुस्तुफाको संयोजकत्वमा २७ सदस्यिय नेपाल मुस्लिम इत्तेहाद संगठन सप्तरीको तदर्श समिति समेत गठन गरेको छ ।
स्वागत मन्तव्य नेपाल मुस्लिम इत्तेहाद संगठनका सचिव अब्दुल हसिमले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन नेकपा एमालेका जिल्ला कमिटी सदस्य उवम् सप्तकोशी नगरपालिका वडा नं. २ का वडा सदस्य जाहिर हुसेनले गर्नुभएको थियो । घोघनपुर गाविसका पूर्व अध्यक्ष मौ. ह्यातको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
Add Comment