राजनीति

नेकपा एमाले जिल्ला कमिटी सप्तरीको अधिवेशन पुष २३ गते राजविराजमा हुने

डम्बर राई
कञ्चनरुप (सप्तरी) ।
नेपाल कम्युनिष्ट पार्टी एमाले यतिबेला आफ्ना सबै तहका संगठनलाई पुनर्गठन गर्ने र सकृयरुपमा लैजान नेतृत्वहरुलाई फेरबदल तथा विस्तारसंगै पार्टी प्रवेश कार्यक्रममा व्यस्त रहेको छ ।
भर्खरै चितवनमा सम्पन्न पार्टीको १० औं राष्ट्रिय महाधिवेशनले अन्तराष्ट्रिय मुलुकमा समेत नेपालमा कम्युनिष्ट पार्टी जनताको मन र मष्तिष्कमा बसेको छ साथै आम नेपाली जनता नेपाल कम्युनिष्ट पार्टी एमाले चाहान्छन् भन्ने सन्देश दिइएसंगै जिल्ला अधिवेशनको दौडाहा चलिरहेको छ ।
नगर, गाउँ र वडाकमिटीहरुको अधिवेशन तथा पुनर्गठन कार्य प्राय सम्पन्न भइसकेकोले अब जिल्लाको अधिवेशनमा पार्टीका नेता तथा कार्यकर्ताहरु जुटिसकेको सप्तरी जिल्ला पार्टी कार्यालयले जानकारी दिइएको छ ।

नेकपा एमाले सप्तरीका सचिव देवनाथ यादवका अनुसार, सप्तरी जिल्ला कमिटीको अधिवेशन यहि पुष २३ गते राजविराजमा हुने भएको छ । अधिवेशनको उदघाटन समारोहमा १८ वटै पालिकाबाट राजविराज राजरंगशालामा १५ हजार भन्दा बढी कार्यकर्ता ओराल्ने र आठसय बढी प्रतिनिधि रहने जिल्ला सचिव यादवले जानकारी गराउँनुभयो ।
पार्टी नयाँ सोंच र ढंगबाट अघिबढ्दै गरेको हुँदा यसको जानकारी तलसम्मका कार्यकर्तालाई गराउँदै संगठन पद्घती, जिम्मेवारी लगायतका बिषयमा प्रशिक्षण कार्यक्रमहरु पनि धमाधम संचालित छन् ।
यसैक्रममा शनिवार कञ्चनरुप नगरपालिका वडा ९ स्थित फुलवारी पाटीप्यालेसमा निर्वाचन क्षेत्र नम्वर १ को सप्तकोशी, कञ्चनरुप, हनुमानगर कंकालिनी नपा, तिरहुत र अग्नीसाइर कृष्णासवरन गाउपालिकाका नेता तथा कार्यकर्तालाई नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रिय एवं पोलिटव्युरो सदस्य राष्ट्रिय सभा सदस्य तथा राष्ट्रिय सभा संसदीय दलका नेता सुमनराज प्याकुरेलले प्रशिक्षण दिनुभयो ।

प्रशिक्षणकै क्रममा उहाँले राष्ट्रिय राजनीतिक दुई ध्रुवमा रहेको भन्दै एकातिर केपीओलीको नेतृत्वमा रहेको एमाले जसले यो देशको राष्ट्रियताको सुरक्षा गर्नसक्छ, आम नेपालीको सुखी समृध्दताका लागि सकारात्मक ढंगले सोच्दछ र कार्वान्वयन गर्दछ अर्को तिर हावीमुहाली र व्यक्तिवादी चिन्तनले ओतप्रोत भएका दलहरुको ध्रुविय रहेको बताउँनुभयो ।
साढे तीन बर्षमा केपीओलीले गरेको कामको बयान गरेर्रै नसकिने भन्नुहुदै, नेता प्याकुरेलले अहिले निर्माणाधिन चारलाइन र छलाइनको सडक, विभिन्न हुलाकी मार्गहरु, राजविराजमा सिलान्यास भएको रामराजा प्रसाद सिंह स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगायतका ठुला ठुला विकासका कार्यहरुको उदाहरण दिनुभयो । तराईको विकासमा केपीओलीले जति कुनैपनि नेताले काम गर्न नसकेको उहाँले दावी गर्नुभयो । यस्तै राष्ट्रिय, अन्तराष्ट्रिय विमान स्थल, विभिन्न खानी, सुरुङ्ग मार्ग, विजुलीमा आत्म निर्भर लगायतका धेरै भौतिक कार्यहरु निर्माण हुने र पत्ता लगाउँने काम भएको नेता प्याकुरेलले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, यो दुई ध्रुवमा रहेको अवस्थामा हामी रत्तिभर पनि डराउँनु पर्ने स्थिति छैन तर हामीसंग विपक्षीहरु डर मान्छन् । केन्द्रिय सदस्य एवं सप्तरी पार्टी इन्चार्ज दिवाकर देवकोटाले पनि पार्टी संगठन बीना चल्न नसक्ने भएकोले संगठन पार्टीका लागि महत्वको कुरा बताउनुभयो । आफु सप्तरीमा जन्मेर बिधार्थीकाल देखिकै राजनीतिक गरेको र एमालेको जिल्ला कमिटीमा १२ बर्ष सचिव चलाएको अनुभवहरु बाँटनुभयो ।
यसैगरी केन्द्रिय सदस्य तथा सप्तरी पार्टी सहइन्चार्ज राज कुमार लेखीले यस मुलुकमा स साना र क्षेत्रिय स्तरमा गठन भएका दलहरुको कुनै काम छैन भन्नुभयो । राष्ट्रिय राजनीतिकमा काँग्रेसको नेतृत्वमा एकातिर छन्भने अर्कातिर एमाले छ तर सिङ्गो मुलुकमा एमाले ठूलो स्थानमा रहेको छ । उहाँले भन्नुभयो, एमाले ठुलो स्थानमा हिजो पनि थियो र भोली पनि रहन्छ किनकी यो पार्टीको दृष्टिकोण, सिध्दान्त, विचार, कार्यशैली, स्पष्ट नीतिनियम छ ।
आफु जनता समाजवादी पार्टीमा रहँदा पनि एमाले पार्टी नै राष्ट्रपार्टी हो यसमा संगठन र कार्य व्यवस्थापन तथा प्रष्ठ विचार भावनाका नेता एवं कार्यकर्ताछन् भन्ने गरेको थिए नेता लेखीले विगतलाई सुल्झाउनुभयो । राष्ट्रिय पार्टी भनेर तत्काल आफु लागेको पार्टी जसपालाई भन्न नमल्निे र जसपा पार्टी पार्टी जस्तो थिएन भन्दै उहाँले जसपा पार्टी जनताको समस्यालाई हल गर्ने, परिवर्तनशील विचार र सोंचले चल्ने खालको होइन र छैन भन्नुभयो ।
केन्द्रिय सदस्य तथा सप्तरी पार्टी सह इन्चार्ज सरीता गिरी यादवले अधिवेशन तयारी र जिम्मेवारीका लागि जिल्ला कमिटीद्वारा निर्माण कार्यपत्र पाठ गरेर सुनाउँनुभयो ।
सो कार्यक्रममा प्रदेश सदस्य एवं सप्तकोशी नगरप्रमुख उत्तम कुमार शर्मा गौतम, प्रदेश सदस्य एवं कञ्चनरुप नगरप्रमुख बसन्त कुमार मिश्र, प्रदेश सदस्य मो. कलिम राइनले विचार भावना व्यक्त गरेका थिए ।

बच्चुलाल चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर र गाउँकमिटीका अध्यक्षहरुले आ आफ्ना नगर तथा गाउँपालिकाको पार्टी गतिविधिवारे जानकारी दिएका थिए । जानकारी गराउनेहरुमा सप्तकोशीबाट पारस दाहाल, कञ्चनरुपबाट बच्चुलाल चौधरी, हनुमानगर कंकालिनीबाट देवनाथ यादव, तिरहुत र अग्नीसाइर कृष्णासवरणबाट क्रमशः दिने यादव, दिनानाथ चौधरी थिए । प्रदेश कमिटी सदस्य श्याम पा्खरेलले कार्यक्रम संचालन गर्नुभएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page