समाज

धर्मीहल्फाद्वारा अग्निपिडित परिवारलाई राहत वितरण,बिपदमा परेकाहरुलाई हौसला थप्दै ईन्जिनियर यादव

बृजमान तामाङ
राजविराज, ७ माघ ।
सप्तरीको छिन्नामस्ता गाउँपालिका वडा नम्बर ४ का समाजसेवी ईन्जिनियर सूर्य नारायण यादवले आपत-विपत्तिमा परेकाहरुलाई निरन्तर सहयोग गरेरे पीडितहरुलाई हौसला थप्दै आएका छ्न ।
बुवा धर्मी प्रसाद यादव र आमा हल्फादेवी यादवका कान्छो सुपुत्र ५५ बर्षिय ईन्जिनियर यादवले आपत-विपत्तिमा परेका पीडित परिवारलाई सहयोग गरि हौसला प्रदान गर्दै आएका हुन ।
सरकारी जागिर छोडेर आमाबुबाको नाममा २०५७ सालमा धर्मीहल्फा महिला विकास क्लब स्थापना गरि अग्निपिडित, ठण्डी पिडित, हात्तिपिडित र कसैलाई समस्या परेको खबर सुन्न साथ ईन्जिनियर यादव राहत बोकेर पिडितको घरमै पुग्ने गरेका छ्न । कल्वका अध्यक्ष समेत रहेका ईन्जिनियर यादवले पीडित परिवारलाई भेट्ने र चिन्ता नगर्न आग्रह गर्दै राहत बाँड्ने गरेका छ्न ।
समाजसेवी यादवले रुपनी गाउँपालिका वडा नम्बर १ का अग्निपिडित दुई परिवारलाई विहिबार राहत उपलब्ध गराएका छ्न । उनले स्थानीय अग्निपिडित उमेश कुमार चौधरी र कपुरी यादवको परिवारलाई त्रिपाल१, झुल १, तन्ना १, साडि २, धोती १, भाँडा १, ग्लास १, थाल १, कन्ती १, पन्यौ १ का दरले वितरण गरे ।

राहत दिने भन्दा लिने माहान भएको बताउँदै समाजसेवी ईन्जिनियर यादवले राहात स्वीकार गरेकोमा खुशी व्यक्त गरे । राहात वितरण कार्यक्रममा जनप्रतिनिधि र संचारकर्मी र सुरक्षाकर्मीहरुलाई खादामाला लगाएर सम्मान गर्दै यादवले आआफ्नो क्षेत्रबाट पिडितहरुलाई सहयोग गर्न आग्रह समेत गरे ।
कसैसँग काम लिन छ भने सम्मान गरेर लिनुपर्छ, अग्निपिडित परिवारलाई राहत वितरण गर्दै ईन्जिनियर यादवले भने, दुखको घडीमा पीडित परिवारलाई आ(आफ्नो तहबाट सहयोग गरौ । समाजसेवी यादवले राहत वितरणको साथै जनजागरण समेत गराउने आफ्नो उदेश्य रहेको बताए ।
विपदको घटनामा न्यूनीकरण गर्ने तथा स्थानीय विकास र सामाजिक रुपान्तरणका लागि जनचेतना जगाउने प्रयास स्वरुप अगाडी बढेको चर्चा गर्दै सामाजसेवी ईन्जिनियर यादवलेविकास र समृद्धिको आधार शिक्षा भएकोले बालबालिकाहरुलाई अनिवार्य रुपमा विधालय पठाउनु पर्नेमा जोड दिए ।
राहत वितरण कार्यक्रममा रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव, नेपाल आदिबासी जनजाति महासंघ सप्तरीका अध्यक्ष एवम पत्रकार बृजमान तामाङ, केछ खबरका निखिल राउत, ईलाका प्रहरी कार्यालय रुपनीका ईन्चार्ज प्रहरी नायव निरीक्षक शोभित किशोर यादव लगायतका स्थानीयहरुको उपस्थिति रहेको थियो ।
चौधरी र यादवको घरमा बुधबार दिउसो आगलागी हुँदा १० लाख भन्दा बढीको धनमाल जलेर नष्ट भएको थियो । गाउँपालिकाले अग्निपिडित दुबै परिवारलाई तत्कालै सहयोग गरेका थिए ।
गाउँपालिका अध्यक्ष हरेराम यादव घटना स्थल पुगेर पीडितहरुसंग भेटघाट गर्दै सिरक १, त्रिपाल १, चामल २५ किलो सहित खाधन्न सामाग्री राहत स्वरुप वितरण गरेका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page