समाज

कञ्चनरुपका जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण

कञ्चनरुप (सप्तरी) , ६ माघ । सप्तरीको कञ्चनरुप नगरपालिकाले अत्याधिक रुपमा चिसो बढ्न थालेपछि ६० वर्ष माथिका असाय, दलित, गरिब, विपन्न वर्गका जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
कञ्चनरुप नगरपालिकामा १२ वटा वडाहरु छन् प्रत्येक वडामा ३ सय जनाका दरले १२ वटै वडामा प्रति व्यक्ति १ सेट न्यानो कपडा वितरण गरिएको कञ्चनरुप नगरपालिकाका उपप्रमुख निरु पोखरेलले बताउनु भयो ।

तराई मधेशमा शितलहरका कारण धेरै मानिसहरुको मृत्यु हुने भएकाले आफ्नो नगर भित्रका जनतालाई शितलहर (चिसोबाट) बाट जोगाउनका लागि ६० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरिएको उपप्रमुख पोखरेलले बताउनुभयो ।
यस अघि १२ वटै वडामा २ हजार जना दलित, असाय, गरिब, विपन्न वर्गका नागरिकहरुलाई सिरक तथा विद्यालय र मदरसाको बालविकास केन्द्रमा अध्ययन गर्ने बालबालिकाहरुलाई समेत न्यानो कपडा वितरण गरिएको नगरपालिकाका प्रवक्ता राजकुमार साहले बताउनु भयो ।
यसैगरी नगरपालिका भित्रका मूख्य बजारहरुमा आगो बालेर ताप्नका लागि दाउरा समेत वितरण गरिसकेको वडा नम्बर ५ का वडा अध्यक्ष कैलाश कुमार साहले जानकारी दिनुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page