समाचार

प्रेस चौतारी ताप्लेजुङको अध्यक्षमा बसन्त पालुङवा

ताप्लेजुङ, ६ माघ । प्रेस चौतारी नेपाल ताप्लेजुङको अध्यक्षमा बसन्त पालुङवा चयन हुनुभएको छ ।
प्रेस चौतारी नेपाल ताप्लेजुङको पाँचौ जिल्ला अधिवेशनले पालुङवाको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो ।
गठित समितिको उपाध्यक्षमा अमृता थलङ, मदन गौतम , सचिवमा तेन्जिङ शेर्पा, सह सचिवमा गंगा लिङखिम, जितेन चेम्जोङ र कोषाध्यक्षमा संगिता कार्की चयन हुनुभएको छ ।

यसैगरी समितिको सदस्यहरुमा जुनिता ओझा, किरण गदाईली, लाक्पा शेर्पा, सुनिता रसाईली रहेका छ्न् । सोही अधिवेशनले केशव आचार्य, रविना राईलाई प्रदेश प्रतिनिधि तथा सुवास आचार्य र सहारा लंवालाई केन्द्रीय प्रतिनिधि चयन गरेको अध्यक्ष पालुङवाले जानकारी दिनुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page