मधेस प्रदेश समाचार

मधेश प्रदेश सरकारद्वारा मधेश आन्दोलनका शहिद परिवार एवं घाइेतहरुलाई आर्थिक सहयोगसहित सम्मान

सप्तरी , ५ माघ । मधेश आन्दोलनका शहिद परिवार एवं घाइेतहरुलाई मधेश प्रदेश सरकारले आर्थिक सहयोग सहित सम्मान गरेको छ ।
सप्तरीको राजविराजमा बुधवार आयोजित चौथो बलिदानी दिवस २०७८ को अवसरमा मधेश आन्दोलनका शहिद परिवार एवं घाइते प्रति सम्मान गरिएको हो । उनीहरुलाई मुख्यमन्त्री लालबाबु राउतले आर्थिक सहयोग चेक हस्तान्तरण गर्नुभएको छ ।
मधेश शहिद स्मृति प्रतिष्ठानद्वारा आयोजना गरिएको सो कार्यक्रममा मधेश आन्दोलनमा बलिदानी दिएका ५९ शहिद परिवारलाई ३–३ लाखका दरले आर्थिक सहयोगसहित सम्मान गरिएको छ भने ८६ जना आन्दोलनका घाइतेहरुलाई २५ हजारदेखि ३ लाख रुपैयाँसम्म सहयोग गरिएको छ ।

सो कार्यक्रममा बोल्दै मुख्यमन्त्री लालबाबु राउतले सहिदहरुको बलिदानबाट मधेशी जनताले पहिचानसहितको मधेश प्रदेश प्राप्त गरेको बताउनु भयो ।
मधेश आन्दोलनको प्रथम सहिद रमेश महतोले सहादत प्राप्त गरेको दिन अर्थात बलिदानी दिवसको अवसरमा मुख्यमन्त्री राउतले शहिदहरुले देखेको मधेस प्रदेशको सपना एक हद सम्म पूरा भएको बताउनु भयो ।
आन्तरिक मामिला तथा सञ्चारमन्त्री एवं मधेसी सहिद प्रतिष्ठानक अध्यक्ष भरत प्रसाद साहको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा अर्थमन्त्री शैलेन्द्र साह, जसपा मधेश प्रदेशका अध्यक्ष रामबाबु यादव, राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादव, प्रतिनिधि सभा सदस्य चन्द्रकान्त चौधरी , प्रदेश सभा सदस्य मनिष सुमन सहितको वक्ताहरुके शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
त्यस्तै सहिद परिवारका राम नरेश राय, आन्दोलनका घाईते मंसि पटेल, जिल्ला समवन्य समिति सप्तरीका प्रमुख प्रभाकर यादव, पूर्व मन्त्री एवम् माओवादी केन्द्र सप्तरीका अध्यक्ष उमेश कुमार यादव, जनता समाजवादी पार्टी सप्तरीका अध्यक्ष केदार प्रसाद यादव, नेपाली कांग्रेस सप्तरीका अध्यक्ष एवम् केन्द्रिय सदस्य दिनेश कुमार यादव, लोकतान्त्रिक समाजवादी पार्टी सप्तरीका अध्यक्ष सुनिल झा, एकीकृत समाजवादी पार्टी सप्तरीका अध्यक्ष प्रताप नारायण चौधरी लगायतकाले समेत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page