सप्तरी, ७ माघ । सप्तरीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको विष्णुपुर गाउँपालिका ७ का ६० वर्षिय पुरुष रहेका छन । उनको शुक्रबार बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
संक्रमित भई होम आइसोलेशनमा रहेका पुरुषलाई दुई दिनअघि संक्रमण पुष्टि भएको थियो ।
एक साता यता सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको छ ।
यसअघि रुपनी गाउँपालिकाकी ६५ वर्षिया महिलाको पनि कोरोनाका कारण मृत्यु भएको थियो ।
त्यसैगरी सप्तरीमा ३७ जनाको स्वाव परिक्षण गर्दा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राजविराज स्थित रहेको गजेन्द्र नारायण सिंह अस्पतालको पिसिआर प्रयोगशालामा ३७ जनाको स्वाव परिक्षण गर्दा २३ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
यो सँगै सप्तरीमा संक्रिय संक्रमितको संख्या १ सय ७८ पुगेको छ ।
Add Comment