समाज

न्यानो कपडा पाएपछि ठण्डिपिडित डोम(मरिक) परिवारको मुहारमा खुशी

बृजमान तामाङ /
राजविराज, ८ माघ ।
सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर २ स्थित भुर्कीका ठण्डिपिडित डोम (मरिक) समुदायले न्यानो कपडा पाउँदा उनीहरुको मुहारमा खुशी छाएको छ।
न्यानो कपडाको अभावमा कष्टकर जीवन बिताउन बाध्य रहेका डोम समुदायले नयाँ र न्यानो कपडा पाउदा उनीहरु हर्षित भएका हुन ।
मलेसियामा वैदेशिक रोजगारीमा रहेका स्थानीय विष्णुदेव र हरिहरदेवी चौधरीको छोरा संतोष कुमार चौधरीको सहयोगमा डोम परिवारलाई न्यानो कपडा वितरण गरिएको छ । स्थानीय संचारकर्मी बृजमान तामाङको पहलमा उपलब्ध कपडा डोम बस्तीमा शनिबार आयोजित एक कार्यक्रमका विच ठण्डिपिडित ७ जनालाई ज्याकेट, स्विटर, टाउजर सहितका न्यानो कपडा वितरण गरिएको छ ।

KRN

ठण्डीपिडित महेन्द्र मरिकले जाडोमा ज्याकेट लगाउन पाउँदा धेरै खुशी लागेको बताए । न्यानो लुगाफाटोको अभावमा ज्यानै जोगाउन हम्मे भएको थियो, मरिकले भने, आफूले किनेर लगाउने अबस्था नभएको बेला न्यानो कपडा सहयोग पाउदा धेरैनै खुशी लागेको छ । मरिकले विपद पर्दा सहयोग गर्नुहुनेहरु हाम्रो लागि भगवान नै भएको भन्दै धन्यवाद समेत व्यक्त गरे ।
कार्यक्रममा महेन्द्र सदा, चयनत्रि सदा, रुपेन्द्र मरिक, सुरेन्द्र मरिक, सितारा मरिक, रुद्र मरिक र माया मरिकलाई न्यानो कपडा प्रदान गरिएको थियो ।

KRN

कार्यक्रममा अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष पशुपति प्रसाद चौधरी, पत्रकार बृजमान तामाङ, जसपा जिल्ला सदस्य कुशेश्वर प्रसाद चौधरी, दुर्गानन्द चौधरी, गाउँपालिका सचिव मिलन चौधरी, नेपाल तामाङ घेदुङ सप्तरीका सचिव सूर्यमान तामाङ, काग्रेसका राम कुमार चौधरी, बनदेवी सामुदायिक वन उपभोक्त समिति भुर्कीका अध्यक्ष रामपुरण चौधरी, दाता विष्णुदेव चौधरी, हरिहर देवि चौधरी, समाजसेवी रामकिसुन चौधरी लगायतका स्थानीय बुद्विजिवीहरुको उपस्थिति रहेको थियो ।

KRN

पुसको जाडोमा मरिक परिवारलाई जाडो कटाउन हम्मे, शिर्षकमा यस कञ्चनरुप न्युज डट कममा तथा विभिन्न सञ्चार माध्यम समाचार प्रकाशन, प्रसारण भएपछि ठण्डिपिडित मरिक समुदायलाई विभिन्न ब्यक्ति तथा संस्थाहरुबाट न्यानो कपडा सहयोग मिलेको छ ।
यस अधि धर्मिहल्फा महिला विकास क्लब सप्तरीले मरिक परिवारलाई बल्यांकेट वितरण गरेका थिए । संचारमाध्यममा मरिक समुदायको समस्या पढेपछि क्लबका अध्यक्ष समाजसेवी ईन्जिनियर सूर्य नारायण यादवले डोम बस्तिमा पुगेर ठण्डि पिडितहरुलाई बल्यांकेट प्रदान गरेका थिए ।

KRN
   

Add Comment

Click here to post a comment

You cannot copy content of this page