शिव प्रसाद आचार्य
फत्तेपुर , १२ माघ । सप्तरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ ।
सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर ५ गङाजली खोला नजिक बुधबार भएको दुर्घटनामा सप्तकोसी १० भगनी चोकका २७ वर्षिय लालदेब चौधरीको मृत्यु भएको छ।
बुधबार बिहान ७ बजे तिर भगनीबाट बलार्दह जाँदै गरेको चौधरी चढेको स १० प ४६३५ नम्बरको सुपर स्पेल्न्डर मोटरसाइकललाई बलार्दह चोकबाट कंचनपुर तर्फ जाँदै गरेको ना ३ ख ९९३२ नम्बरको ट्रक ले ठक्कर दिदा चौधरीको घटना स्थल मै मृत्यु भएको फत्तेपुर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक खिलाराज खतिवडाले बताउनुभयो ।
मृतकको शवलाई पोष्टमार्टमका लागि राजबिराज लागिएको छ भने ट्रक र मोटरसाइकल इलाका प्रहरी कार्यालय कंचनपुर लागिएको छ।
मोटरसाइकल लाई ठक्कर दिने ट्रकका चालक फरार रहेकोले खोजिकार्य भैरहेको फत्तेपुर प्रहरीले जनाएको छ।
सप्तरीको फत्तेपुर सडक खण्ड अन्तर्गत ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु










Add Comment