समाज

सप्तरीको फत्तेपुर सडक खण्ड अन्तर्गत ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

शिव प्रसाद आचार्य
फत्तेपुर , १२ माघ ।
सप्तरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ ।
सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर ५ गङाजली खोला नजिक बुधबार भएको दुर्घटनामा सप्तकोसी १० भगनी चोकका २७ वर्षिय लालदेब चौधरीको मृत्यु भएको छ।
बुधबार बिहान ७ बजे तिर भगनीबाट बलार्दह जाँदै गरेको चौधरी चढेको स १० प ४६३५ नम्बरको सुपर स्पेल्न्डर मोटरसाइकललाई बलार्दह चोकबाट कंचनपुर तर्फ जाँदै गरेको ना ३ ख ९९३२ नम्बरको ट्रक ले ठक्कर दिदा चौधरीको घटना स्थल मै मृत्यु भएको फत्तेपुर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक खिलाराज खतिवडाले बताउनुभयो ।
मृतकको शवलाई पोष्टमार्टमका लागि राजबिराज लागिएको छ भने ट्रक र मोटरसाइकल इलाका प्रहरी कार्यालय कंचनपुर लागिएको छ।
मोटरसाइकल लाई ठक्कर दिने ट्रकका चालक फरार रहेकोले खोजिकार्य भैरहेको फत्तेपुर प्रहरीले जनाएको छ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page