स्वास्थ्य

सप्तरीमा कोभिड–१९ को तेस्रो लहर सुरु भएयता सक्रिय संक्रमितको सङ्ख्या १ सय ८८, २ को मृत्यु

कञ्चनरूप (सप्तरी) । सप्तरीमा कोभिड–१९ को तेस्रो लहर सुरु भएयता पुस २३ देखि शनिबारसम्म २ सय ९९ जनाको स्वाब परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १ सय ९० जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
सप्तरीमा हाल सक्रिय संक्रमितको सङ्ख्या १ सय ८८ रहेको छ। जसमा ३८ महिला र १५० पुरुष रहेका छन्। संक्रमित २ जनाको मृत्यु भएको छ ।
संक्रमित सबैको अवस्था सामान्य रहेकोले सबैजना होम आइसोलेशनमा रहेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ।
सबैभन्दा बढी राजविराज नगरपालिकाका १९ महिला र ८७ पुरुष गरी १०६ जना संक्रमित रहेका छन्।
शनिबार २५ जनाको स्वाबको पीसीआर परीक्षण गरिएकोमा ३ महिला र ९ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा राजविराज नगरपालिकाका ३ पुरुष, कञ्चनरूप नगरपालिकाका २ महिला र ४ पुरुष, डाक्नेश्वरी नगरपालिकाका १ पुरुष, अग्नीसाइर कृष्णसवरन गाउँपालिकाका १ पुरुष तथा तिलाठी कोइलाडी गाउँपालिकाका १ महिला रहेका छन्।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार जिल्लामा कोरोनाको पहिलो लहरमा १८३३ जना संक्रमित भएकोमा ४१ जनाको मृत्यु भएको थियो। यसैगरी ०७८ वैशाख १ देखि पुस १६ गतेसम्म २४५६ जना संक्रमित भएकोमा १२१ जनाको मृत्यु भएको थियो।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page