जनकपुरधाम । मधेश प्रदेशमा ६ महिनाको अवधिमा ६ सय ५ जना लागूऔषधसहित पक्राउ परेका छन् ।
मधेश प्रदेश प्रहरीका अनुसार प्रदेशको ८ वटै जिल्लाबाट पछिल्लो ६ महिनाको अवधिमा ६०५ जनालाई पक्राउ गरिएको हो ।
चालु आर्थिक वर्षको ६ महिनामा ५ सय ९४ पुरुष र ११ महिलालाई लागुऔषध सहित पक्राउ गरिएको मधेश प्रदेशका प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले बताउनु भयो ।
प्रहरीले १ हजार ७ सय १९ केजी गाँजा , १ सय ३४ ग्राम ब्राउन सुगर , ४६ केजी चरेस , ८३ ग्राम हिरोईन , ९० लिटर डाईलेक्स डिसी, ४० हजार ७ सय २८ पिस ट्याब्लेट र २२ हजार ४ सय ४६ पिस इन्जेक्सन बरामद गरेको छ ।
Add Comment