मधेस प्रदेश समाज

मधेस प्रदेशमा हावाहुरीका कारण रुख ढल्दा दुई विद्यार्थी र घर ढल्दा एक महिलाको मृत्यु

जनकपुर, २१ माघ । मधेस प्रदेशमा हावाहुरीका कारण तीन जनाको मृत्यु भएको छ ।
प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार हावाहुरीले धनुषामा रुख ढल्दा दुई विद्यार्थी र रौतहटमा घर ढल्दा एक महिलाको मृत्यु भएको हो ।
धनुषाको सबैला नगरपालिका १२ फकिरचन्द उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा रहेको रुख ढल्दा आठ वर्षीया प्रतिमाकुमारी सदा र सात वर्षीय अरबन्दी सदाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी रौतहटको बौधीमाई नगरपालिका १ मा इँटाको घर ढल्दा ४५ वर्षीया फूलमती देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page