कञ्चनरुप(सप्तरी), १४ माघ । कञ्चनरुपका १५ जनासहित सप्तरीमा आज एकैदिन २७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार ४५ जनाको स्वाव परीक्षण गरिएकोमा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै सप्तरीमा कोरोनाको तेश्रो लहरमा संक्रमित हुनेको संख्या ३ सय २५ पुगेको छ ।
संक्रमित हुनेमा कञ्चनरुप नगरपालिकाका १५ जना ,राजविराज नगरपालिकाका ३ जना, तिरहुत गाउँपालिकाका २ जना, हनुमाननगर कंकालिनी नगरपालिकाका १ जना, सप्तकोशी नगरपालिकाका १ जना, डाक्नेश्वरी नगरपालिकाका १ जना, बोदेबरसाइन नगरपालिकाका १ जना र तिलाठी कोइलाडी गाउँपालिकाका एक तथा अन्य जिल्लाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
Add Comment