स्वास्थ्य

पछिल्लो २४ घण्टामा ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि, १० जना सङ्क्रमितको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा ६ हजार ८ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १९ हजार ८ सय ६९ नमुनाको परिक्षण गर्दा ६ हजार ८ सय २७ मा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै आज ५ हजार ४ सय ३२ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् ।
आज थप १० जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६ सय ९७ पुगेको छ ।
देशभर ८९ हजार ९ सय ४१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page