बृजमान तामाङ /
विरेन्द्र बजार, १४ माघ । खर्च जुटाउन नसक्दा मृगौला पिडित एक २१ वर्षिय युवाको उपचारमा समस्या भएको छ ।
सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ६ मोहनपुरका मृगौला पीडित रुकेश तामाङको उपचारमा समस्या भएको हो ।
दुबै मृगौला र फोक्सोमा समस्या भएको छोराको विराटनगर स्थित विराट अस्पतालमा उपचार भईरहेको पिडितका बुवा गणेश बहादुर तामाङले बताए । एक महिना देखी आईस्युमा राखेर उपचार गर्दैछौ,पीडितका बुवाले भने, दैनिक ४० हजर भन्दा बढी खर्च हुन्छ, उनले थपे, भएको श्रीसम्पत्ति सबै सकियो, खर्च जुटाउन नस्क्दा उपचारमा समस्या भएको छ ।
पिडितका आमा मधु तामाङले उपचारमा सहयोग गरि छोराको ज्यान रक्षा गरि दिन अपिल गरेका छ्न । आफ्नो भएको अढाई कठ्ठा घरेडी भएको जमिन पनि सहकारीमा बन्दकी राखी छोराको उपचारमा खर्च भयो, मधुले भनिन, आफान्त र सहु महार्जनबाट ॠण काढेर पनि छोराको उपचरमा लगायौ, अब छोराको ज्यान बचाई दिन सबैसँग सहयोगका लागि अनुरोध गर्दछु ।
मृगौला पिडित तामाङको खर्च अभावले आईस्युबाट वार्डमा राखेर उपचार भईरहेको उनका काका राम बहादुर तामाङले बताए । घरको आर्थिक अबस्था कम्जोर भएकाले भतिजाको उपचारका लागि आर्थिक संकलनमा जुटेको उनले जानकारी दिए ।
तामाङको उपचाको सहयोगका लागि माछापुच्छ्रे बैंकको खाता नम्बर ०८४०९४५०३७५०००१२ मा सिधै नगद जम्मा वा ९८११७९७७२१ नम्बर सम्पर्क गरि सहयोग गरिदिन पीडितपरिवारले अपिल समेत गरेको छ ।
Add Comment