काठमाडौँ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी डिजल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको छ ।
पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा निगमले प्रतिलिटर ३/३ रुपैयाँ बढाएको हो । नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १ सय ४२ रुपैयाँ, डिजेल र मट्टितेल १ सय २५ रुपैयाँ पर्ने छ ।
खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको निगमले जनाएको छ ।
यस्तै, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएर १ सय १६ रुपैयाँ कायम गरेको छ । अन्तर्राष्ट्रियतर्फको हवाई इन्धन प्रतिकिलोलिटर १०० अमेरिकी डलर बढाएर १०९५ डलर तोकिएको छ ।
Add Comment