अर्थतन्त्र

लक्ष्मी सामुदायिक सिकाई केन्द्रको १५ औं साधारण सभा सम्पन्न, केन्द्रको अध्यक्षमा पुन निलम कुमारी चौधरी

डम्बर राई-उत्तम आचार्य /
कञ्चनरुप, माघ १० गते ।
लक्ष्मी सामुदायिक सिकाई केन्द्रको अध्यक्षमा पुनः निलम कुमारी चौधरी सर्व सम्मतबाट निर्वाचित भएकी छन् ।
सोमवार सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्वर ७ स्थित बलुवा चौकमा अवस्थित केन्द्रको कार्यालयमा आयोजित १५ औं साधारण सभाले चौधरीको अध्यक्षतामा सात सदस्यीय कार्यसमितिलाई यथावतै पद तथा कार्यभारमा सर्वसम्मत गरेको हो ।
त्यैसरी उपाध्यक्ष, सचिव, सदस्य सचिवमा क्रमशः संगीता साह, प्रदिप कुमार चौधरी, बीनु साह र सदस्यहरुमा यथावतै रहेको आयोजक समितिले जानकारी दिइएका छन् । २०६२ सालमा स्थापना भएका यस केन्द्रले धेरै ख्याती प्राप्त गरेको उदघाटन सत्रमा विभिन्न बक्ताहरुले प्रशंसा गरेका छन् ।

उदघाटन समारोहका प्रमुख अतिथि कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले शिक्षा क्षेत्रमा समाजका हरेक जाती समुदायलाई सचेतना गराउँदै अहोरात्र निरन्तर खटेर लाग्ने आफ्नै नगरका यस केन्द्रलाई आफुले भ्याएसम्म सहयोग प्रदान गर्ने उदघोष गर्नुभयो । यस केन्द्रले शिक्षा, कला, सस्कृती लगायतका क्षेत्रमा नेटवर्किङ्क कार्यसंर्गै जनसमुदायमा योगदान पुर्याउदै आएकोले यसलाई सबै नागरिक समाजले आवश्यक सहयोग पुर्याइदिनु पर्नेमा उहाँले जोड दिनुभयो ।

नगर प्रमुख मिश्रले भन्नुभयो, समाजले चाहादा परिवर्तन गर्न कुनै अप्ठेरो छैन तथापी हरेक क्षेत्रमा सकरात्मक मोडालिटी दिनुपर्छ र यसमा अविभावकले लगानी गर्नैपर्छ बीना लगानीको सफलताले स्थिरता पाउन सक्दैन । उहाँले कञ्चनरुप नगरपालिका शिक्षा, स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने नगरपालिका भएकै करण जिल्लामा पहिलो र प्रदेशकै एकसय ३६ पालिकामा दोश्रो भएको जानकारी दिनुभयो । सिप, कौशल जीवनको अति महत्वपूर्ण क्षेत्र मानिने हुँदा यसमा हरेक सरोेकारवाला अंग वा समुदायले यतातर्फ ध्यान पुर्याउन जरुरी रहेको औल्याउँनुभयो ।
जिल्लामा वर्षौ अगाडीदेखी शिक्षालाई अगाडी बढाउने उध्देश्यका साथ दलित, उत्पिडित विपन्न वर्गका समुदायलाई शिक्षामा पहुँच बनाउँन गाउँ शिक्षा अभियान अन्तर्गत सिकाई केन्द्रको स्थापना भएको संक्षिप्त जानकारी दिदै शिक्षा इकाई प्रमुख विजय मण्डलले बताउँनुभयो ।

उहाँले भन्नुभयो, कञ्चनरुप नगरपालिका जस्तो अरु पालिकाले सिकाई केन्द्रको महत्व बुझिदिएन । स्थापित अध्ययन केन्द्रहरु धेरै स्थानमा समाप्त हुदै गएको बताउँनुहुदै शिक्षा तथा सिकाई पहिला र अहिलेको तुलनामा मण्डलले उल्टो पिरामिडको अर्थ दिनुभयो । मण्डलको अनुसार, पहिलाको सिकाईले निरन्तरता दिन छाडेपछि साक्षरतामा निराक्षर भएर गएको हो त्यसैले साक्षरतामा पनि निरन्तरताको आवश्यकता छ । उहाँले शिक्षक मिलान दरबन्दीलाई ध्यान पुर्याउन जरुरी औल्याउँदै जुन पालिकाले गरेको छ त्यहाँ बिधार्थीको अनुपातमा शिक्षा स्तरमा सुधार आएको जानकारी दिनुभयो ।
सिनियर कार्यक्रम संचालक माधव प्रसाद चौधरीले केन्द्रको कार्यक्रम तथा अवधारणाबारे सभामा प्रस्तुत गर्नुभयो । उहाँले केन्द्रको स्थापना काल देखि वर्तमानसम्मको सम्पूर्ण कार्यक्रम र प्रगती विषयक रुपरेखालाई छर्लङ्ग पार्नुभयो ।

सो समारोहमा वडा नम्बर ७, ८ र १० का अध्यक्षहरु क्रमशः हरीकृष्ण महत्तो, दिलिप चौधरी, राज कुमार साह, पिएचसीका डा.आकाश रौनियार, शिक्षा शाखाका संयोजक ललित नारायण यादव, शिक्षासेवाका श्यामानन्द चौधरीले शुभकामना मन्तव्य दिइएका थिए ।
केन्द्रकी अध्यक्ष निलम चौधरीको अध्यक्षता रहेको सभामा कार्यक्रम संयोजक ममता चौधरीले कार्यक्रम तथा केन्द्रको कार्यपत्र विवरण प्रस्तुत गर्नुभएको थियो । सो साधारण सभामा कञ्चनरुप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेणुका साह, सञ्चारकर्मी डम्बर राई, उत्तम आचार्य, राज कुमार साह, पिएचसी कञ्चनरुपका सि अहेव लक्ष्मी नारायण चौधरी, शिक्षा शाखाका विरेन्द्र चौधरी, लगायत दर्जनौ संघ संस्था र कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको बाक्लो सहभागिता रहेको थियो ।
सो कार्यक्रममा विभिन्न संघ संस्था , कार्यालयका प्रतिनिधि तथा विभिन्न व्यक्तित्वलाई प्रसंशा पत्र र मायाको चिनो समेत प्रदान गरिएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page