खेलकुद

नेपालका बलरहरु घातक सावित : नेपालद्वारा ओमान ३९ रनले पराजित

काठमाडौं । आइसिसी टि २० विश्वकप ग्लोबल छनोट ए मा नेपालले विजयी सुरुवात गरेको छ ।
ओमानमा जारी टी–२० विश्वकप छनोटअर्गत पहिलो खेलमा नेपालले ओमानलाई ३९ रनले पराजित गरेको हो ।
ओमानका विकेटकिपर नसिम शुखीले सर्वाधिक २४ रन बनाए । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
ओमानको तर्फबाट जतिन्दर सिंह ९, खवार अलि ७, कल्लिमुह ५, आएन खान ३, कप्तान जिसन मक्सुद २ रन बनाएका हुन् ।
नेपालका कमलसिंह ऐरीले ३ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । अभिनाश बोहरा र जितेन्द्र मुखियाले १/१ विकेट लिए ।
यसअघि ओमानको मस्कटमा रहेको अल अमरेत क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १७ रन बनाएको थियो ।
नेपालका आरिफ शेखले ३७ बलमा २ चौका सहित सर्वाधिक ३८ रन बनाए । ज्ञानेन्द्र मल्ल १५ र लोकेश बम १६ रनमा आउट भए । अन्तिममा सन्दीपले ७ बलमा १ चौका र १ छक्कासहित १६ रनमा अविजित रहेका थिए । ओमानका स्पिनर खवर अलीले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । बिलाल खानले ३ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । फैज बट र जिशान मकसुदले १/१ विकेट लिए ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका मध्यक्रमका ब्याटर आरिफ शेख आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा ओमानविरुद्ध खेलको प्लेयर अफ द म्याच चुनिएका छन् । नेपाललाई साानदार जित दिलाउन ब्याटिङमा आरिफले नेपालबाट सर्वाधिक रनको योगदान दिएका थिए ।
नेपालले दोस्रो खेलमा शनिबार फिलिपिन्ससँग खेल्नेछ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page