समाज

युवा नेतृ रञ्जु दर्शनाले गरिन् किसु कुइँकेलसँग इन्गेजमेन्ट

काठमाडौं । युवा नेतृ रञ्जु दर्शनाले किसु कुइँकेलसँग इन्गेजमेन्ट गरेकी छिन् । उनले फेसबुक मार्फत इन्गेजमेन्टको तस्विर सार्वजनिक गर्दै आजदेखि जीवनको अर्को सुन्दर यात्राको शुभारम्भ भएको उल्लेख गरेकी छिन् ।
उनले लेखेकी छन् – आज देखि जीवनको अर्को एउटा सुन्दर यात्राको शुभारम्भ भएको छ। दियो कलश र गणेश भगवान एवम् परिवारका सदस्यहरु, निकट साथीहरु र सारा ब्राह्मणड साक्षी राखि फुलमाला, टिका कार्यक्रम सम्पन्न गरेका छौं।
तपाईहरुको आशीर्वाद र शुभकामनाको लागि हृदय देखि कृतज्ञ ज्ञापन गर्न चाहन्छु।
मायाको यात्रामा एक सशक्त जीवन साथी बनी हरदम साथ दिने मेरो हरेकदिन प्रयास रहने छ किसु।
तिम्रो जीवनमा, परिवार मलाई खुल्ला हृदयले स्वागत गरेकोमा धेरै धन्यवाद किसु

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page